सदरलाइनडटकम
२५ बैशाख, राप्तीसोनारी (बाँके) : आर्थिक वर्षको अन्तिम तीन महिना बाँकी रहँदा बाँकेका विभिन्न स्थानीय तहमा धमाधम विकास निर्माणको कामले तीब्रता लिएको छ । यसक्रममा बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ८ मा ८ सय १० मिटर सडक कालोपत्रे निर्माण सुरु गरिएको गाउपालिकाले जनाएको छ ।
मंगलबार एक कार्यक्रमका बीचमा कालोपत्रे निर्माण कार्यको धार्मिक विधि पुर्वक पुजाआजा र रिवन काटेर गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीले उद्दघाटन गरेका छन् ।
उनीहरुले सो कार्यको उद्द्घाटन गर्दै पाँच वर्ष भित्रमा राप्तीसोनारीका प्रत्येक सडक, गल्ली कालोपत्रे हुने दावी गरेका छन् । वडा नम्बर ८ को धर्मवती चोकदेखि जिरोतर्फको ८ सय १० मिटर लम्बाई र ५ मिटर चौडाईमा उपभोक्ता समिति मार्फत सडक कालोपत्रे गर्न लागेको वडा अध्यक्ष खुमबहादुर बस्नेतले जानकारी दिए ।
उनले सो कार्यका लागि गाउँपालिकाले ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । उपभोक्ता समितिका अध्यक्ष युवराज खत्रीले तोकिएको समयभित्रै गुणस्तरिय कालोपत्रे निर्माण हुने दाबी गरे ।