मधुमेहका विरामीहरुले जान्नै पर्ने कुराहरु

२८ फाल्गुन २०७५, मंगलवार १८:५८
 

१ डायबेटिक रेटिनोप्याथी भनेको कस्तो समस्या हो ?

डाइबेटिक अर्थात मधुमेहले आँखाको दृष्टिपर्दामा असर गरी दृष्टि धमिलो हुने अवस्थालाई डाइबेटिक रेटिनोप्याथी भनिन्छ । मधुमेह भएको जो कोहीलाई पनि कुनै पनि बेला यो अवस्थाहुन सक्छ । विशेष गरी लामो समय मधुमेह भएको साथै रगतमा सुगरको मात्रा, कोलेस्टेरोलको मात्रा अनियन्त्रित रुपले धेरै हुनेलाई यो देखिन्छ । यसबाहेक उच्च रक्तचापहुने र धुम्रपान गर्नेमा यसको जोखिम सामान्य मानिस भन्दा २–३ गुणाले बढी हुन्छ ।

२.डाइबेटिक रेटिनोप्याथीका लक्ष्णहरु के–के हुन ?

शुरुवातमा कुनै लक्षण हुँदैन, दृष्टि पनि एकदम ठीक हुन्छ जस्ले गर्दा विरामीलाई मेरो आँखा एकदम सही छ भन्ने भ्रम हुनसक्छ तर पर्दा खराबी हुने क्रम भित्रभित्रै चलिनै रहेको हुन्छ । त्यसैले आँखा धमिलो भइन्जेल कुर्दा धेरै ढिलो हुन सक्छ । आँखा अघिल्तिर कालो धब्बा देखिने, माकूराको जालो लागे जस्तो देखिन्छ वा एक्कासी आँखा धमिलो हुने यसका केहि जटिल अवस्थाका लक्षणहरु हुन सक्छन ।

३. डाइबेटिक अथवा मधुमेह भएको व्यक्तिले आँखा जाँच कहिले गराउने त ?

पहिलो चेक जाँच आफुलाई मधुमेह भएको थाहा पाउन साथ जती सक्यो छिटो गराउनु पर्छ । माथी उल्लेखित लक्षणहरु आइन्जेल कुर्नु हुँदैन । त्यसपछि आँखामा देखिएको असर अनुसार नेत्ररोग विशेषज्ञले वर्षमा एक पटक वा सो भन्दा छिटो जाँचगर्न बोलाउन सक्नु हुनेछ । आँखामा नानी फुलाउने औषधी राखेर पर्दाको सम्पूर्ण जाँच भएपछि मात्रत् यसलाई पूर्ण जाँच मानिन्छ । दृष्टि परीक्षण र चश्मा जाँचलाई मात्र डाइविटिजको सबै जाँच भएको भनि मानिदैन ।


४. यसको रोकथाम र उपचार के सम्भव छ त ?

अवश्य छ, रोकथामको लागि फिजिसियन डाक्टरको सल्लाह अनुसार सुगर, ब्लडप्रेसर, कोलेस्टेरोल सधै नियन्त्रणमा राख्नुपर्छ । मधुमेहले एक पटक आँखा धमिलो भएपछि फेरि पहिलाको जस्तो सफा देख्न सकिन्न तर जति दृष्टि बाँकी छ त्यसलाई जीवन भरी बचाई राख्न सकिन्छ । आँखाको अवस्था हेरी विभिन्न उपचार जस्तै लेजर, आँखाभित्र सुई लगाउने तथा अप्रेशन पनि गर्नु पर्ने हुन सक्छ ।

५. मधुमेह भएकाहरुले आँखाजाँचगर्न आउँदा ध्यान दिनुपर्ने कुराहरु

क) आँखाको नानीफुलाएर भित्रको दृष्टिपर्दा रेटिना जाँच गर्नु पर्ने हुनाले समय लाग्ने (कम्तीमा आधा घण्टादेखि ४५ मिनेट)
ख) नानीफुलाउने औषधि राखेपछि ४–६ घण्टा आँखा धमिलो हुने हुँदा १ जना साथी लिएर आउने ।
ग) ४–६घण्टा आप्mना दैनिकी काम जस्तै लेखपढ, सिलाई, धान चामल केलाउने तथा गाडी चलाउने जस्तो कामगर्न गाह्रो हुन्छ ।
घ) आपूmले नियमित खाइरहेको औषधि वा लगाइ रहेको इन्सुलिन आदिको प्रयोग गरि रहने ।
ङ) आँखा जाँच गर्न खाली पेट आउनु पर्दैन ।

६. नेपालमा मधुमेहले गर्दा हुने अन्धोपन किन बढ्दैछ त ?

क) मधुमेहले गर्दा आँखापनि खराब हुन्छ भन्ने कुराको जानकारी नहुनु ।
ख) जानकारी हुँदाहुँदै पनि बेवास्तागर्नु र आँखालाई प्राथमिकतामा नराख्नु ।
ग) दृष्टि धमिलो भएपछि मात्र आँखा जाँचगर्न अस्पताल जाने प्रवृती÷बानी
घ) नियमित जाँचगर्न अस्पताल गईराख्ने झन्झट मान्नु र अन्तमा
यदितपाईले कोही पनि मधुमेह भएको व्यक्ति भेट्नु भयो भने के तपाईले आँखाको पर्दा जाँच गराउनु भयो ? भनेर अवश्य सोध्नु होला । यदि नजाँचेको भएआफुले जाने बुझेको कुरा बताएर छिटो जाँचगर्ने सल्लाह दिनुहोला ।
मधुमेहबाट हुने दृष्टि विहिनताबाट बच्न सहि उपचारको साथसाथै सहि सुझावको अत्यन्तै आवश्यकता हुन्छ ।
अतिरिक्त जानकारी वा आँखा सम्बन्धी समस्याको उपचारको लागि
भिजनआई हस्पिटल प्रा.लि.
वि.पि. चोक (नर्सिङ्गहोमको सामन्ने), नेपालगंज
फोन नं. : 081522730 / 9863141630

Next Post

प्रथम उप–मेयरकप छात्रा क्रिकेटको उपाधि नेपालगञ्ज मोडेल एकेडेमीलाई

२८ फाल्गुन २०७५, मंगलवार १८:५८
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा सम्पन्न प्रथम अन्तरमावि उपमेयर छात्रा क्रिकेटको उपाधि नेपालगञ्ज मोडेल एकेडेमीले जितेको छ । मंगलबार भएको फाईनल खेलमा होलिल्याण्ड माविलाई १ रनले किनारा लागउदै मोडेल एकेडेमीले उपाधी जितेको हो । खेलमा टस जितेर पहिला व्याटिग गरेको नेपालगञ्ज मोडेल एकेडेमीले १५ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय २६ […]