सदरलाइनडटकम,
कैलाली : नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको आयोजनामा जिल्ला विपद् प्रतिकार्य समूह (डि.डि.आर.टी) तालिम धनगढीमा सञ्चालन भएको छ । तालिमको शुभारम्भ गर्दै नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तम जोशीले विपद् प्रभावित समुदायलाई तत्काल प्रभावकारी सहयोग गर्नका लागि रेडक्रस स्वयंसेवकहरुको क्षमता विकास गर्न यो तालिम आयोजना गरिएको बताए ।
जिल्लास्तरमा प्रथम प्रतिकार्यको रुपमा कार्य गर्न जनशक्ति तयार गर्ने, विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि ज्ञान र सीपमा क्षमता अभिबृद्धि गर्ने, विपद् प्रतिकार्यको सिद्धान्त र प्रकृया सम्बन्धी जानकारी प्रदान गरी सेवा प्रदान गर्न सक्षम बनाउने, विपद्को लेखाजोखा गर्ने औजारहरु र यसको प्रकृया सम्बन्धी जानकारी गराई औजारको प्रयोग गर्न सक्षम बनाउने, राहत वितरण प्रणाली र अस्थाई आवास व्यवस्थापनमा सक्षम बनाउने र नेपाल रेडक्रसको प्रतिकार्य क्षमतामा अभिवृद्धि गर्नेे तालिमको मुख्य उद्देश्य रहेको छ । तालिममा २४ जनाको सहभागिता रहेको छ ।
नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति जोशीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा शाखाका मन्त्री लोकराज जोशीले स्वागत मन्तव्य र नेरेसो विपद् व्यवस्थापन विभाग केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक मनोज थोकरले तालिमको उद्देश्यबारे प्रष्ट पारेका थिए भने बाँकेका कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा, कैलालीका शाखा अधिकृत इश्वर जोशी र खगेन्द्र जोशीले सहजीकरण गर्दैछन् ।