प्रदेशको विकासमा सहकार्यको लागि नेपाल टेलिभिजनसंग सम्झौता

२५ कार्तिक २०७६, सोमबार १०:१८
 

सदरलाइनडटकम,
बुटवल :  प्रदेश नम्बर ५ का आर्थिक, राजनीतिक, विकास निर्माण, सांस्कृतिक लगाएतका गतिविधिलाई टेलिभिजनका माध्यमबाट प्रसारण गर्ने उदे्श्यका साथ प्रदेश नम्बर ५ र नेपाल टेलिभिजनबीच टेलिभिजन कार्यक्रमहरु निर्माण तथा प्रसारण गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
प्रदेश नम्बर ५ को कानुन मन्त्रालयमा आयोजित कार्यक्रममा प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकरप्रसाद खरेल र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
सो सम्झौता पत्रमा प्रदेश नम्बर ५ का आर्थिक, राजनीतिक, विकास निर्माण, सांस्कृतिक लगाएतका कृयाकलापहरुलाई समेटेर नेपाल टेलिभिजनले प्रदेश डायरी, सम्बृद्ध प्रदेश, चेतनामुलक सन्देश, लगायतका कार्यक्रम निर्माण गरी नेपाल टेलिभिजन कोहलपुरबाट प्रसारण गर्नेछ ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले नेपाल टेलिभिजनले सरकार र जनताको बिचमा पुलको काम गर्दे सरकारका कृयाकलापहरु सही तरिकाले जनतासम्म पुराउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र बिष्टले बिगतदेखि नै प्रदेश ५ सरकारले नेपाल टेलिभिजनसंग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा गर्दे सहकार्यमा कुनै कसर बाँकी नराख्ने बताए ।

Next Post

अतिक्रमित भु–भागबारे भारतद्वारा वार्ताको प्रस्ताव

२५ कार्तिक २०७६, सोमबार १०:१८
सदरलाइनडटकम, काठमाण्डौ : नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक अतिक्रमण गरेर नक्सा जारी गरेको भारतीय पक्ष वार्तामा बस्न तयार भएको सन्देश पठाएको छ । ६० हजार हेक्टर भन्दा ठूलो नेपाली भूमि हडपेको भारतीय पक्षले विदेश मन्त्रालयमार्फत् आफूहरु वार्तामा बस्न तयार रहेको जानकारी नेपाललाई दिएको हो । सोमवार बसेको राज्य व्यवस्था […]