‘छ वर्षे शिशु प्रदेश सभाबाट धेरै आशा गर्ने बेला भएको छैन’

सदरलाइन संवाददाता ३ पुष २०८०, मंगलवार १७:२७
 

नेपालगञ्ज : लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले प्रदेश स्थापनाको ६ वर्षमा कार्यन्वयनको अवस्था शिशु जस्तै भएकोले प्रदेशबाट आशातित काम हुन नसक्नु स्वभाविक नै भएको बताएका छन् ।

उनले प्रदेश सभाद्वारा नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन ।‘संघका सबै संरचना परापूर्वकालदेखि छन् तर, प्रदेश स्थापना भएको मात्र ६ वर्ष भएको छ । विस्तारै यसले आफ्नो गति लिन सुरु गर्ने भएकोले अहिलेनै आत्तिनु पर्ने छैन–उनले भने

प्रदेश सभा सचिवालयले प्रदेशका स्थानीय तह सञ्चालनको अवस्था अध्ययन गर्न र स्थानीय तहले निर्माण गरेका कानून, कार्यबिधि अवस्थाको बारेमा जानकारी लिने उद्देश्यले स्थानीय तहसंग प्रदेश सभा कार्यक्रम सञ्चालन गरेको उनले बताए ।


लुम्बिनी प्रदेश सभाले स्थानीय तहसंग प्रदेश सभा कार्यक्रम लिएर जिल्ला दौडाहमा बाँके पुगेको विषयमा जानकारी दिदै सभामुख घर्तीमगरले स्थानीय तहका जनप्रतिनिधिहरु कानूनका बारेमा अनविज्ञ रहेको सामान्य नगरसभा, गाउसभा सञ्चालनको विधिसमेत जानकारी नपाएको पाईएको बताए ।

सभामुख घर्तिमगरले प्रदेशका अधिकांश स्थानीय तह कानून निर्माण गरेर भन्दा पनि कार्यविधिबाटै सञ्चालन गरिएको पाईएको र स्थानीय तहसंग प्रदेश सभा कार्यक्रम लिएर प्रदेश सभाले जिल्ला–जिल्ला पुग्दा संघ, प्रदेश र स्थानीय तहले निर्माण गरेका कानून वा निर्माण गर्नुपर्ने कानूनको बारेमा जानकारी हुने र संसदिय अभ्यासको प्रयोग देखिने जानकारी दिए ।

उनले प्रदेश सभाले ७२ वटा कानून निर्माण गरिसकेको र ती मध्ये प्रदेश प्रहरी ऐन र निजामति सेवा ऐन प्रदेशले निर्माण गरि सक्दा पनि संघले एन तथा कानून नबनाएकोले कार्यन्वयनमा लैजान कठिन भएको उदाहरण समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वृहद् नागरिक सम्मेलनद्वारा १४ बुँदे घोषणापत्र जारी

३ पुष २०८०, मंगलवार १७:२७
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा दुइ दिनसम्म चलेको कर्णाली प्रदेशस्तरीय वृहद् नागरिक सम्मेलनले १४ बुँदे घोषणापत्र जारी गरेको छ । मंसिर २९ र ३० गते भएको सम्मेलनले तीनै तहका सरकारको ध्यानाकर्षण सहितको घोषणापत्र जारी गरेको हो । घोषणपत्रमा नागरिकको हकअधिकार सुनिश्चित गर्दै मौलिक हक कार्यान्वयनका पक्षमा नीति निर्माण गर्न र त्यसमा […]

सम्बन्धित