सन्दर्भ: नर्सिङ्ग दिवस, राज्यले नर्सिङ्ग पेशालाई सम्मान दिन नसकेको गुनासो

१५ माघ २०७४, सोमबार १९:०२
 

सदरलाइनडटकम  
१५ माघ, नेपालगन्ज : नेपाल नर्सिङ संघको ५६ औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाईएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत नर्सिङ्गकर्मीहरुले पेशागत सुरक्षाको लागि सबै नर्सिङ्ग स्टाफहरुबीच एकता हुनु पर्ने कुरामा जोड दिएका छन् ।
नेपाल नर्सिङ्ग संघ बाँकेकी पूर्व अध्यष बसुन्धरा गौतमले आफुहरु बीच एकता नभएकै कारण कार्यक्षेत्रमा बढी शोषणमा पर्ने तथा पेशा नै असुरक्षित हुने गरेको भन्दै सबै नर्सिङ्ग स्टाफहरु अनिवार्य रुपमा संघको सदस्य बनेर आफ्नो हक र अधिकार तथा पेशागत सुरक्षाको लागि एक हुनु पर्ने कुरामा जोड दिईन ।
सो अवसरमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा.कुमार पोर्खेलले अस्पतालमा चिकित्सक र नर्सिङ्ग स्टाफबीचको सहकार्यले मात्र विरामी ठिक हुने भन्दै अस्पताल सञ्चालनमा चिकित्सक र नर्शको सम्बन्ध नङ्ग र मासुबीचको सम्बन्ध जस्तै हुने भएकोले कलेजले नर्सिङ्ग स्टाफको पेशागत सुरक्षाको लागि अतिनै संवेदनशील भएको बताए ।
नेपालगन्ज मेडिकल कलेज कर्मचारी संगठन केन्द्रीय समितिका सभापति मुस्लिम खाँले नर्सिङ्ग स्टाफका मागहरु तथा आन्दोलनमा आफ्नो एक्यबद्धता जाहेर गर्दै नर्सिङ्ग दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा केपी घिमिरे, मुनिर खाँलगायतले शुभकामना व्यक्त गरेको कार्यक्रमको सहजिकरण सुमन गिरिले गरेकी थिईन ।


यसैबीच सोही दिवसको अवसरमा नेपाल नर्सिंङ्ग संघ बाँकेले ‘गुणस्तरिय स्वास्थ्य सेवाका लागि नर्सिङकर्मीको भूमिका’ विषयक विचार गोष्ठी तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा बोल्दै भेरी अञ्चल अस्पतालका प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले नर्सहरुले गरेका थुपै्र राम्रा कामहरु ओझेलमा पर्ने गरेको बताईन । उनले भनिन–‘राज्यले दिएको अधिकार नर्सले नपाएको अवस्था छ, महिलाले अपनाउने पेशा भएको कारणले पनि राज्यले चासो नदिएको हुन सक्छ ।’
अन्र्तराष्ट्रिय मापदण्डलाई हेर्ने हो भने एक जना नर्सले ४÷५ जना बिरामी मात्र हेर्नुपर्छ । तर, नेपालमा एउटा नर्सले ६०÷७० जना बिरामी हेर्नुपर्ने बाध्यता रहेको बताईन् । भेरी अञ्चल अस्पताल मै एउटा नर्सले ६० जना बिरामी हेरिरहेको प्रमुख नर्सिङ प्रशासक श्रेष्ठले जानकारी दिईन् ।



नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसी ओलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी गणेशबहादुर शाही, भेरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर कृष्ण आचार्य, चिकित्सक संघ भेरी अञ्चलका अध्यक्ष डा. विनोद कर्ण, पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष निरज गौतम लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा विभिन्न कलेजका नर्सहरुले साँङ्गितिक प्रस्तुती देखाएका थिए । सो क्रममा सेवा निवृत्त नर्सद्धय सावित्री श्रेष्ठ र मनसरा थापालाई दोसल्ला तथा सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो । दिवसको अवसरमा भेरी बृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई खाद्यान्न पनि वितरण गरिएको संघका अध्यक्ष ओलीले जानकारी दिईन् ।

   

Next Post

छविले भने ‘मंगलम’को रिलिजपछि शिल्पासंग बिवाह

१५ माघ २०७४, सोमबार १९:०२
सदरलाइन / रुद्र सुवेदी १५ माघ नेपालगन्ज  : ‘कुरा सबै मिलि सकेको छ । शिल्पाजीको घरबाट पनि स्वीकृति भएको छ । अव मात्र यो फिल्म मंगलमको रिलिजले मात्र दिन तोक्न पाएको छैन’–चर्चित फिल्म निर्माता छविराज ओझाले नेपालगन्जमा पत्रकारहरु संग कुरा गर्दै भने । नायिका शिल्पा पोखरेलबीच चलचित्र ‘मंगलम’को रिलिजपछि बिवाह […]