पाकिस्तानी रेलमा आगलागी हुँदा ६५ जनाको मृत्यु

१४ कार्तिक २०७६, बिहीबार १४:०३
 

सदरलाइनडटकम,
काठमाण्डौ : पाकिस्तान रेलवेको तेज गाम एक्सप्रेसमा आगलागी हुँदा ६५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तेज गाम एक्सप्रेस कराचीबाट रावलपिण्डीको बीचमा चल्छ । रावलपिण्डी जाँदै गर्दा लियाकत पुरमा रेलको तीन वटा डिब्बामा आगो लागेको हो ।
रहीम यार आनका उपकमिश्नर जमील अमहमदले घटनामा ६५ जनाको मृत्यु भएको र ३९ जना घाइतेमध्ये ६ जनाको अवस्था नाजुक रहेको बीबीसीलाई जनाएका छन् । घाइतेहरुको शेख जाएद अस्पतालको बर्न सेन्टरमा उपचार भैरहेको छ । रेल मन्त्रीका अनुसार लाहोरको इज्तिमा गईरहेको एक समूहसँग खाजाको सामान, ग्यास सिलिण्डर र चुल्हो थियो, जुन विस्फोटपछि रेलमा आगो लागेको हो ।
उनका अनुसार आगलागी नियन्त्रणमा लिइसकिएको छ र रेलको तीन ओटा डब्बा जलेका छन् । यो घटनालाई लिएर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गरेको रेडियो पाकिस्तानले जनाएको छ । ज्यान गुमाउनेमध्ये धेरैको पहिचान हुन सकेको छैन । अधिकारीहरु मृतकको सनाखत गर्ने प्रयासमा जुटेका छन् । (एजेन्सी)

Next Post

चौकीदार नाईके बाहिर राखि कैदीबन्दीले गरे भित्रबाट तालाबन्दी

१४ कार्तिक २०७६, बिहीबार १४:०३
सदरलाइनडटकम, नेपालगञ्ज :  नेपालगन्ज कारागारका कैदीबन्दी र थुनुवाले आफुहरु माथि जेलर, चौकिदार, नाईकेहरुले ज्यादती गरेको भन्दै बिरोध जनाएका छन् । कैदीबन्दी र थुनुवाहरुले कारगारका चौकिदार भरत फडेरा र नाईके मानबहादुर शाहीलाई बाहिर राखि भित्रबाट बिहीबार बिहनैदेखि ताला बन्द गरेका छन् । कारागार भित्र जेलर भरतराज पाण्डेको निर्देशनमा चौकीदार फडेरा नाईके […]

सम्बन्धित