नेपालगञ्जमा बरामद डेढ करोडको अनुसन्धान शुरु

सदरलाइन संवाददाता ३० फाल्गुन २०८०, बुधबार १७:३०
 

नेपालगञ्ज : राजश्व अनुसन्धान कार्यालयले नेपालगञ्जमा प्रहरीले बरामद गरेको डेढ करोड रुपैयाँको अनुसन्धान थालेको छ । प्रहरीले अनुसन्धान र कारबाहीका लागि एक करोड ५६ लाख १८ हजार तीन सय रुपैयाँसहित आठ जनालाई पक्राउ गरेर राजश्व अनुसन्धान कार्यालयमा पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँटका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन घिमिरेले पक्राउ गरिएका व्यक्ति र रकम राजश्व अनुसन्धान कार्यालयमा पठाएको जानकारी दिए ।


बाँके प्रहरीले फाल्गुन २७ र २८ गते फरक–फरक ठाउँबाट स्रोत नखुलेको रकम बरामद गरेको थियो । २७ गते बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगञ्जका हसिव अहमद जसगढ, २८ गते कृष्ण विक, राहुल जयसवाल, रोहित क्षेत्री, सलिम जोलाह र हसिफ अन्सारीलाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट एक करोड ५६ लाख १८ हजार तीन सय रुपैया बरामद भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री प्रचण्डले पाए तेस्रो पटक विश्वासको मत

३० फाल्गुन २०८०, बुधबार १७:३०
काठमाण्डौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा तेस्रो पटक प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा उनको पक्षमा १५७ र विपक्षमा ११० मत परेको छ । पक्षमा बहुमत मत प्राप्त भएकाले उनले विश्वासको मत प्राप्त गरेको सभामुख देवराज घिमिरेले घोषणा गरे । प्रतिनिधिसभामा कायम २७५ सांसदमध्ये […]