युवाहरुलाई जीवन उपयोगी तालिम

१५ बैशाख २०७५, शनिबार १८:१८
 


सदरलाइनडटकम
१५ बैशाख, नेपालगन्ज : युवायुवतीहरुमा निर्णय क्षमता बृद्धि गर्नका लागि सामाजिक विकास मञ्च बाँकेले चारदिने जिवन उपयोगी सिप तालिम दिएको छ ।

उक्त तालिमको शनिबार नेपालगन्जमा समापन गरिएको छ । तालिमले युवायुवतीहरुमा आत्मबिश्वास जगाई उनीहरुले आफुले चाहेको काम गर्ने अवस्थामा पु¥याउने बिश्वास ब्यक्त गरे ।
समापन कार्यक्रममा बोल्दै सेभ द चिल्डे्नकी फुलकुमारी चौधरीले  निर्णय क्षमताको अभावमा धेरै युवा युवतीहरु ग्लत बाटो समात्ने अवस्थामा पुगेको भन्दै तालिम पश्चात त्यस्तो अवस्था नआउने बिश्वास लिईन ।


  उनले आगामी दिनमा तालिमको प्रभाव देखिने पनि बताईन । सोही कार्यक्रममा बोल्दै तालिम प्रशिक्षक पुजा श्रेष्ठले तालिमले धेरै युवा युवतीहरुमा बोल्ने क्षमता अभिबृद्ध भएको बताईन । कार्यक्रम आयोजक सामाजिक विकास मञ्चका कार्यक्रम संयोजक कृष्ण चौधरीले क्षमता अभिबृद्धि पश्चात अन्य जिवन उपयोगी कार्यक्रमहरु पनि सन्चालन गरिने बताए । उक्त परियोजनाका जिविकोपार्जन अधिकृत भुपाल बोहराले युवा सशक्तिकरण बुलगारी परियोजान अन्र्तगत बाँकेका युवायुवतीहरुलाई क्षमता अभिबृद्धमा काम भइरहेको बताए । बोहराले धेरै युवायुवतीहरु कार्यक्रम मार्फत लाभान्वित भएको बताए ।

Next Post

१५ किलो चरेश सहित दुई नेपाली भारतमा पक्राउ

१५ बैशाख २०७५, शनिबार १८:१८
सदरलाइनडटकम   १५ बैशाख, नेपालगन्ज  : सिमावर्ती बजार रुपैडिहा भारतमा दुई नेपाली नागरिक अबैध लागू औषध सहित पक्राउ परेका छन् । भारतीय प्रहरी तथा सीमा सुरक्षा बल एसएसबीको ४२ औ बटालियनको संयुक्त गस्तिले नेपाल बोर्डरदेखि करिव ३ किलोमिटर दक्षिण नहरपुर र जैतापुरको बीचबाट शुक्रबार साँझ ६ बजे पक्राउ गरेको हो । […]