प्रहरीको गोली लागेर कपिलवस्तुमा एकको मृत्यु

१४ कार्तिक २०७६, बिहीबार १३:१९
 

सदरलाइनडटकम,
कपिलवस्तु : कपिलवस्तुको कृष्णनगरमा जारी कर्फ्यू आदेश अवज्ञा गर्ने १ जनामाथि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर स्थानीय २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको छ । प्रहरीले झडप नियन्त्रण लिन बुधबार विहान ५० सेल अश्रुग्यास हानेको छ ।
स्थानीय वासिन्दाबीचको विवाद नियन्त्रणमा लिने क्रममा केही प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख, प्रहरी उपरीक्षक दीपशमशेर राणाले बताए । बुधवार साँझदेखि सुरु भएको विवादले बिहीवार विहान झन उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालका लागि कर्फ्यु जारी गरेको छ ।
कृष्णनगर भन्सार कार्यालयदेखि उत्तर र पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रमा कर्फ्यु लगाइएको छ । मूर्ति विसर्जन गर्ने क्रममा कुन बाटो हिँड्ने भन्ने विषयलाई लिएर स्थानीय दुई समुदायबीच विवाद भएको थियो ।

Next Post

कुटपिट आरोपमा धनगढी मेयरका छोरा पक्राउ

१४ कार्तिक २०७६, बिहीबार १३:१९
सदरलाइनडटकम, कैलाली : धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर ओडका छोरा निखिल ओड पक्राउ परेका छन् । उनलाई प्रहरीले कुटपिट आरोपमा पक्राउ गरेको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा २० वर्षीय पारस जोशीलाई इटा प्रहार गरी घाइते बनाएपछि प्रहरीले उपमहानगर प्रमुखका २० वर्षीय छोरा निखिललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय […]

सम्बन्धित