बाँकेको फत्तेपुरमा प्रहरी भवन शिलन्यास

सदरलाइन संवाददाता ३० मंसिर २०७७, मंगलवार २१:२०
 

राप्तीसोनारी (बाँके)  : बाँकेको राप्तीसोनारी गाउपालिका–६ मा वडा र पालिकाको सहयोगमा निर्माण हुने अस्थायी प्रहरी पोष्ट फत्तेपुर (ख) मा प्रहरीको लागि पाँच कोठे अत्याधुनिक भवन शिलन्यास गरिएको छ ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, वडानं. ६ का वडा अध्यक्ष जनकबहादुर थारु र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक ओमबहादुर रानाले संयुक्त रुपमा राप्तीसोनारी वडानं. ६ को लक्ष्मीराजपुरमा शिलन्यास गरिएको हो ।


ईलाका प्रहरी कार्यालय भगवानपुरको मातहातमा रहेको सो अस्थायी प्रहरी पोष्ट फत्तेपुर (ख)को निर्माणको लागि राप्तीसोनारी गाउपालिका र सोही पालिकाको वडानं.६ को करिव २४ लाख आर्थिक सहयोग रहने ईलाका प्रहरी कार्यालयका ईन्चार्ज प्रहरी निरिक्षक बसन्त गौतमले जानकारी दिए ।

सो भवन शिलन्यास कार्यक्रममा जनप्रतिनिधि, स्थानीय पार्टी प्रतिनिधि, आमासमुह, युवा, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।

Next Post

बाँकेमा बुधवार ११ जना मात्र डिस्चार्ज

३० मंसिर २०७७, मंगलवार २१:२०
नेपालगञ्ज : बाँकेमा बुधवार ११ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका ४ पुरुष र ७ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ४ हजार १० पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आइसोलेशनमा अब बाँकेका १ सय […]

सम्बन्धित