समयमा ‘रेस्पोन्स’ हुँदा बीपिचोकको आगलागी चाँडै नियन्त्रणमा

८ कार्तिक २०७६, शुक्रबार १७:५८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : समयमा ‘रेस्पोन्स’ गरेको कारण नेपालगञ्जमा लागेको आगलागीबाट ठूलो दुर्घटना निम्तिनबाट जोगिएको छ । बिहीबार साँझ पौने ५ बजे नेपालगञ्जको बीपि चोकमा रहेको एउटा सिरक गोदामबाट सुरु भएको आगोले ५ वटा अन्य पसल जलेर ध्वस्त भएपनि केही मिटरको दुरीमा रहेको पेट्रल पम्प तथा अन्य पसल भने जोगिएको हो ।
‘नजिकैको पेट्रोल पम्पमा आगो सल्किएको भए आधा नेपालगञ्ज ध्वस्त हुने खतरा भएको कारण हामीले क्वीक रेस्पोन्स गरी आगो नियन्त्रणमा लिन सफल भयौ’– घटना स्थलमा रहेका जिल्ला विपद व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर कार्कीले भने ।
नेपालगन्ज विपि चोकमा रहेको जनता सिरक गोदामबाट सुरु भएको आगोले नजिकै रहेको न्यू हिमालय फर्निचर उद्योग, वरकत अलिले सचालन गरेको फलफुल पसल, रोशनी फर्निचर र आदर्श बुक्सको गोदाममा क्षती पुर्याएको थियो ।
आगो निभाउने क्रममा आदर्श पुस्तक पसलको गोदाममा समेत क्षती पुगेको प्रहरीले जनाएको छ । ६ वटा दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिईएको थियो । आगो निभाउँदा प्रयोग भएको पानीले पुस्तक पसलको गोदाममा भएका स्टेशनरी सामग्रीमा क्षती पुगेको हो ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रक्षक सेक्युरिटिज र स्थानियको सक्रियतामा २ घण्टापछि आगलागी नियन्त्रणमा आएको थियो । आगलागिका कारण लाखौको क्षति भएको अनुमान गरिएको छ ।
आगो नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिकाको २, कोहलपुर नगरपालिकाको १, राँझा विमानस्थलको १, बर्दियाको मधुवन नगरपालिकाको १ र गुलरीया नगरपालिकाको १ गरी ६ वटा दमकल प्रयोग गरीएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओलीले जानकारी दिए ।
दुई महिन अघिमात्र सोही क्षेत्रमा आगलागि भएको थियो । सो क्षेत्रमा भएका फर्निचर र कपास उद्योगका कामदार तथा अन्यबाट हुने लापरवाहीका कारणले पनि आगलागि जन्य घटना हुने गरेको प्रहरीले जनाएको छ ।

Next Post

जापानमा अठार लाख डलरको हीरा चोरी

८ कार्तिक २०७६, शुक्रबार १७:५८
सदरलाइनडटकम, काठमाण्डौ : जापानी प्रहरीले शुक्रवार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तीव्र बनाएको छ । यो हीरा राजधानी टोकियोबाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा हराएको थियो । टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शनस्थलबाट चोरी भएको बहुमूल्य हीरा खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिए । योकोहामा सहरमा तीनदिने गरगहना […]