दाङमा डुबेर दुई किशोरीको मृत्यु

१७ आश्विन २०७६, शुक्रबार १७:१७
 

सदरलाइनडटकम,
दाङ : दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ । लमही नगरपालिका ९ स्थित सिमलसोता खोलामा पौडी खेल्ने क्रममा दुई किशोरी डुबेको प्रहरीले बताएको छ ।
लमही ९ बाङ्गेतालकी १४ बर्षीया टिका घर्ती र घोराही उपमहानगरपालिका १० नारायणपुरकी १५ बर्षीया निरु बोहराको डुबेर मृत्यु भएको हो । दुवैजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Next Post

निजामुद्दिन ईद्रिसीले चढाए दुर्गापूजालाई फलफुल र दक्षिणा

१७ आश्विन २०७६, शुक्रबार १७:१७
सदरलाइनडटकम, नेपालगञ्ज  : हिन्दू समुदायको बडा दशैको अवसरमा नेपालगञ्ज १७ परसपुर क्षेत्रमा स्थापना गरिएका दुर्गाका मुर्तीमा पूजाको लागि फलफुल तथा दक्षिणा बितरण गरिएको छ । नेपालगञ्ज–१७ परसपुरका निजामुदिन ईद्रिसीले सो वडाका थुकैला, नदोईगाउ, परसपुर र ढोडेगाउलगायतका स्थानमा स्थपना गरिएका देवी दुर्गाको मूर्तीमा पूजा गर्नको लागि आवश्यक पर्ने अगरबत्ति, फलफुल र […]

सम्बन्धित