जंगलमा लुकाएर राखेको तीन थान भरुवा बन्दुक बरामद

सदरलाइन संवाददाता ७ बैशाख २०८०, बिहीबार १३:२२
 

रुकुम पश्चिम : रुकुम पश्चिममा जंगलमा लुकाइ राखेको अवस्थामा तीन थान भरुवा बन्दुक बरामद भएको छ । मुसिकोट नगरपालिका–८ मा रहेको घोरखानी जङ्गलको ओडारमा लुकाएर राखेको तीन थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुकुमार श्रेष्ठका अनुसार एक नाल र दुई वटा खाली भरुवा बन्दुक भेटिएको हो । भरुवा बन्दुक सिकार खेल्नको लागि ओडारमा राखेको हुन सक्ने आशङ्का गरिएको छ ।


यसअघि गएको फागुन १४ गते पनि जङ्गलमा चार नाल भरुवा बन्दुक भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके राष्ट्रिय निकुञ्जमा कृत्रिम पानी पोखरी निर्माण

७ बैशाख २०८०, बिहीबार १३:२२
नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जले बाघ, चित्तललगायतका वन्यजन्तुको संरक्षणका लागि सोलार जडित कृत्रिम पानी पोखरी निर्माण गरेको छ । निकुञ्जको सीमामा रहेका राप्ती र बबई नदीमा पानी नभएको र निकुञ्जभित्र पनि करिब ४६ खहरे खोलामा पानी नभएकाले वन्यजन्तुका लागि त्यस्ता पानी पोखरी निर्माण गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत […]