सदरलाइनडटकम,
बझाङ : भान्जीलाई बलात्कार गरेको आरोपमा बझाङमा मामा पक्राउ परेका छन् । मामाघरमा बस्दै आएकी भान्जीलाई केही वर्ष अघिदेखिनै मामाले बलात्कार गर्दै आएको खुल्न आएको जिल्ला प्रहरी बझाङले जनाएको छ ।
पालन पोषण गर्ने र पढाइ दिनेभन्दै घरमा राखेकी भान्जीलाई केही वर्षदेखिनै उनले पटक–पटक बलात्कार गर्ने गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले बताए ।
उनीमाथि जबरजस्ती करणीमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थपसहित आवश्यक अनुसन्धान भईरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । बालिकाको भाइले आफ्नो दिदीको मोबाइल चलाउन खोज्दा नजानेपछि गाउँका एक छिमेकीलाई मोबाइल चलाउन सिकाइदिन आग्रह गर्दा मोबाइलमा अश्लील तस्बिर देखेपछि घटना बाहिरिएको हो ।
