सदरलाइनडटकम,
खजुरा (बाँके) : गौहत्याको आरोपमा बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ भने एक जना फरार रहेका छन् । खजुरा गाउँपालिका ७ स्थित बढुवाको खेतमा गाई काटेको आरोपमा सल्मान खाँ, वर्षाती खाँ र शरिफ खाँलाई प्रहरी पक्राउ गरेको हो ।
बुधवार राति ११ बजे गाई काटिरहेको भन्ने सूचना पाएपछि त्यसतर्फ गएको प्रहरीले उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक पोषण थपलियाले जानकारी दिए ।
उनका अनुसार उनिहरूको घरबाट गाईको मासुसमेत बरामद गरिएको छ । तीन जनाको घरबाट ५० किलो गाईको मासु बरामद भएको प्रहरीले जनाएको छ । घटनास्थलमा टाउको र खुट्टा फेला परेको भन्दै प्रहरी निरीक्षक थपलियाले पक्राउ परेका तीनै जनामाथि गौहत्या मुद्दा चलाइने जानकारी दिए ।
