कर्णालीको प्रदेशसभा बैठक स्थगित

११ कार्तिक २०७५, आईतवार १६:२३
 

सदरलाइनडटकम,
सुर्खेत : कर्णाली प्रदेशसभाको आईतवारको बैठक पनि स्थगित भएको छ । १९ दिनपछि आईतवार दिउँसो १ बजेका लागि बोलाईए पनि सरकारको तयारी पुरा नभएपछि बैठक स्थगित भएको हो ।
काँग्रेसले चालु आर्थिक वर्षको रातो किताव माग्दै संसद बैठक अवरुद्ध गरेको थियो । आईतवारको बैठक प्रदेशसभा सचिवालयले प्राविधिक कारण देखाउँदै सुचना टाँस गरी १३ गते मंगलवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको छ ।
प्रमुख प्रतिपक्ष दल काँग्रेसका सांसद दिनबन्धु श्रेष्ठले बैठक आफुहरुले अवरोध नगरेको बताए । यता आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले प्राविधिक कारणले आईतवार संसद बैठक स्थगित गरिएको बताए ।

Next Post

श्रीमतीको हत्या गरी फरार युवक पोखरामा पक्राउ

११ कार्तिक २०७५, आईतवार १६:२३
सदरलाइनडटकम, पोखरा : आफ्नै श्रमतीको हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पत्नी लक्ष्मी परियारको हत्या गरी फरार रहेका खोटाङ बराहपोखरी गाउँपालिका ६ मौवाबोटेका २२ वर्षीय अनिल परियारलाई महानगरीय अपराध महाशाखाको टोलीले पोखरा महानगरपालिका ७ माछापुच्छ्रे टोलबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले […]