अरिङ्गालको टोकाईबाट बालकको मृत्यु

५ आश्विन २०७६, आईतवार १८:४४
 

सदरलाइनडटकम,
गुल्मी : अरिङ्गालले टोक्दा आइतवार गुल्मीमा एक बालकको मृत्यु भएको छ । आइतबार बिहान विद्यालय जाने क्रममा बाटोमा बाँदरले अरिङ्गाललाई जिस्काउँदा तितरबितर भएका अरिङ्गाल टोक्दा रुरु गाँउपालिका १ गुल्मीका १२ वर्षीय पवन अधिकारीको मृत्यु भएको हो ।
अरिङ्गालले टोकेर गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि पाल्पामा रहेको युनाइटेड मिशन अस्पताल लैजाने क्रममा बाटौमै मृत्यु भएको छिमेकी मधुसुदन ज्ञवालीले जानकारी दिए । मृतक पवनका बुवा दुबईमा रहेकाले बुवा नआउञ्जेलसम्म शव अस्पतालमै राखिने आफन्तले जनाएका छन् ।
आमा र छिमेकी एक बालिकासँगै विद्यालय जाँदै गरेका पवनलाई ६० ओटाभन्दा बढी अरिङ्गालले टोकेको र उनकी आमा र सँगै रहेकी बालिकालाई पनि १०।१५ ओटाले टोकेको छिमेकीले जनाएका छन् ।

Next Post

स्थानीय आर्थिक विकास परियोजना कार्यान्वयनमा जोड

५ आश्विन २०७६, आईतवार १८:४४
सदरलाइनडटकम, नेपालगञ्ज : स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजनाको कार्यान्वयनका लागि सरोकारवालहरु बीच सोमवार नेपालगञ्जमा अन्तरक्रिया गरिएको छ । जर्मन विकास नियोग (जिआईजेड)ले नेपालगञ्ज उपमहानगरपालिकामा संचालन गर्न लागेको कार्यक्रमको बारेमा जानकारी दिने उद्धेश्यले कार्यक्रम गरिएको हो । कार्यक्रम सन २०१९ को जुन १ देखि सुरु भई २०२२ को मे १ […]