बैतडी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी, खाटमाथि खाट राखेर ओछ्यान

सदरलाइन संवाददाता ५ आश्विन २०७८, मंगलवार १२:२३
 

बैतडी :  जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी छन् । बस्ने क्षमताको तेब्बर हुँदा बन्दीहरूलाई बस्न निकै समस्या भएको छ ।

२५ जनाको क्षमता भएको कारागारमा अहिले ७५ जना कैदीबन्दी राखिएका छन् । क्षमताभन्दा बढी कैदी बन्दी हुँदा बसोबासका लागि पनि निकै समस्या भएको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीले जानकारी दिए ।

कैदीबन्दीहरूलाई बसोबासको समस्या भएपछि कारागार परीसरमा टेन्ट राखेर बसोबासको व्यवस्था मिलाएको उनले बताए । ‘कैदी बन्दीहरूलाई बसोबासकै समस्या रहेको छ । क्षमताभन्दा बढी कैदी बन्दी हुँदा व्यवस्थापन गर्न निकै समस्या भएको छ’, उनले भने ।

कारागार परिसरमा दुईवटा टेन्ट राखिएका छन् भने कोठाहरूमा पनि खाटमाथि खाट राखेर बसोबासको व्यवस्था मिलाइएको तिवारीले बताए ।


यसका साथै कारागारको पुरानो भवन पनि जीर्ण भइसकेको छ ।   जिल्ला कारागारमा महिला कैदीबन्दी आएमा डडेल्धुरा पठाउनुपर्ने बाध्यता छ ।

न्युज कारखानाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाल संरक्षणकालागि जिल्लास्तरीय नीतिगत सम्वाद कार्यक्रम

५ आश्विन २०७८, मंगलवार १२:२३
बर्दिया : प्लान इन्टरनेसनल नेपालको सहयोगमा बर्दियामा सञ्चालन गरिएको ‘बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना’ अन्तर्गत बाल संरक्षणकालागि जिल्लास्तरीय नीतिगत सम्वाद कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला समन्वय समिति बर्दियाको आयोजना र बाँके युनेस्को क्लबको समन्वय तथा सहयोगमा बर्दियाको गुलरियामा बाल संरक्षणका लागि जिल्लास्तरीय नीतिगत […]