‘संविधानको कार्यान्वयनमा सबैको सहकार्य आवश्यक’

३ आश्विन २०७६, शुक्रबार १७:५८
 

सदरलाइनडटकम,
बुटवल : प्रदेश ५ सरकारले शुक्रवार बुटवल मण्डपमा बिशेष कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाएको छ । विभिन्न जात जातिका भेषभुषासहित झाँकी, बाजा, मौलिकता झल्कने परम्परागत औजारसहित झन्डै ९६ वटा झाकी प्रस्तुत गरिएको थियो भने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतले कवाज प्रदर्शन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले संविधान निर्माणको ४ बर्षमै यति ठूलो सफलतापूर्वक कार्यान्वयन भएकोमा सबैलाई धन्यवादसहित बधाई दिएका थिए । नयाँ संविधान पछि देशले विकासलाई तीब्रता दिइरहेको भन्दै उनले जनतालाई अधिकार सम्पन्न संविधानले बनाएकोले यसलाई पूर्ण कार्यान्वयनमा जनताको साथ अपरिहार्य रहेको बताए । सुखी नेपाली समृद्ध नेपाल बनाउने सरकारको योजना सफल पार्नका लागि सबैले राज्यलाई सहयोग गर्दे उत्पादनमा जोड दिनुपर्ने र सबैको साझा संकल्प बन्नु पर्नेमा मुख्यमन्त्रीको जोड थियो ।
संविधानलाई असफल बनाउन संघियता, धर्म निरपेक्षता, गणतन्त्र जस्ता महत्वपूर्ण उपलब्धिहरुको बारेमा भ्रम छर्नेदेखि सचेत रहन अपिल गर्दै उनले संघीयताले जनताको अधिकारलाई अझ मजबुत बनाएको जिकिर गरे । गत वर्ष प्रदेश ५ सरकारले कानून निर्माणलाई तिव्रता दिएको र आवाधिक योजना तर्जुमा गरेको बताउँदै मुख्यमन्त्री पोख्रेलले चालु आर्थिक वर्षमा संकल्प र अठोट वर्षको रुपमा लिएको बताए । चालु आर्थिक वर्षमा प्रदेशको तिव्रगतिमा विकास हुने समेत मुख्यमन्त्री पोखरेलले दाबी गरे ।

Next Post

बागेश्वरी मन्दिरको आयव्यय सार्वजनिक

३ आश्विन २०७६, शुक्रबार १७:५८
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जस्थित वागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले शनिवार मन्दिरको समग्र अवस्था सार्वजनिक गरेको छ । कार्यक्रममा मन्दिरको सम्पत्ति र आयव्यय विवरणसहित भेटीसमेत सार्वजनिक गरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाको अध्यक्षतामा समिति गठन भएको दुई बर्षपछि आर्थिक पारदर्शिताका सवालमा महत्वपूर्ण निर्णय भएको हो । दुईवर्ष पहिले […]

ताजा अपडेट