सुदूरपश्चिमको विकास आवश्यक : मुख्यमन्त्री भट्ट

३० भाद्र २०७६, सोमबार १८:२१
 

सदरलाइनडटकम,
डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विगतका दिनमा अरुका कारणले सुदूरपश्चिममा विकास नभएकाले अब स्थानीय र प्रदेश सरकार मिलेर विकास गर्नुपर्ने बताएका छन् ।
नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशनको सोमवार डडेल्धुरामा उद्घाटन गर्दै उनले सबै अहिले संविधान तह अधिकार सम्पन्न स्थानीय र प्रदेश सरकार रहेको बताउँदै सिंगो प्रदेशको विकास कसरी गर्न सकिन्छ भन्ने बारेमा स्थानीय र प्रदेश सरकार मिलेर अघि बढ्नु पर्ने बताए ।
पश्चिम सेतीको चर्चा सेलाउँदै गएको बताउँदै उनले अब तीनै सरकार मिलेर पश्चिम सेतीको निर्माण कार्य अघि बनाउनु पर्ने बताए । स्थानीय, प्रदेश र संघीय सरकार मिलेर ७५० मेघावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण कार्य अगाडि बढाउनुपर्ने उनले बताए ।
मुख्यमन्त्री भट्टले पश्चिम सेती जलविद्युत् आयोजना निर्माण गर्ने भनेको वषौँ बितिसकेको भन्दै संघीय सरकारले पश्चिम सेतीलाई शुरु गरे आफूहरु साथ दिन तयार रहेको बताए । गत फागुनमा डडेल्धुरा पुगेका प्रधामन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले नै पश्चिम सेतीको काम सम्पन्न गराउने दाबी गरेका थिए ।

Next Post

लुक्लामा तीन सय बढी पर्यटक अलपत्र

३० भाद्र २०७६, सोमबार १८:२१
सदरलाइनडटकम, सोलुखुम्बु : सोलुखुम्बुको चौँरीखर्कबाट पर्यटक लिएर काठमाण्डौ आउँदै गरेका १० वटा हेलिकप्टरमध्ये आठ वटा हेलिकोप्टर अझै बाटोमै रोकिएका छन् । बिहान केहीबेर मौसम सफा हुँदा चौँरीखर्कको सुर्के पुगेर फर्किएका १० वटा हेलिकप्टर मौसम खराबीका कारण विभिन्न ठाउँमा अवतरण गराइएका थिए । बाटोमा अवतरण गरिएकामध्ये दुईवटा हेलिकप्टर काठमाण्डौ आइपुगेका त्रिभुवन […]