लागूऔषधसहित बाँकेमा २ जना पक्राउ

सदरलाइन संवाददाता २१ माघ २०८०, आईतवार १४:२८
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्रामसहित कन्चनपुर महेन्द्रनगर नगरपालिका–३ बस्ने २९ वर्षीय तिर्थराज पन्थ समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र ईलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको प्रहरीले क.प्र.००२ प ३७६० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।


उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्व क्यान्सर दिवसमा बाँकेमा सचेतनामूलक प्रभातफेरी

२१ माघ २०८०, आईतवार १४:२८
नेपालगञ्ज : आइतवार विश्व क्यान्सर दिवस, क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । दिवसका अवसरमा बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर […]