उपमेयर थापा र युनिसेफ टोलीबीच भेटघाट

२० भाद्र २०७६, शुक्रबार १७:५५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवाहक मेयरको जिम्मेवारीमा रहेकी उपमेयर उमा थापा मगरसँग शुक्रवार युनिसेफको उच्चस्तरीय टोलीले भेटघाट गरेको छ । युनिसेफको राष्ट्रिय समिति स्वीटजरल्याण्डका प्रमुख हाङ्स कुञ्जल नेतृत्वको टोलीले उपमहानगरपालिकाको कार्यालयमा उपमेयर मगरसँग भेटघाट गरि विभिन्न विषयमा छलफल गरेको हो ।
उपमेयर थापाले युनिसेफको सहकार्यमा नेपालगञ्जमा बालश्रम विरुद्धको कार्यक्रम संचालन भईरहेको भन्दै आगामी दिनमा समेत थप सहकार्य गरेर अढि बढ्न सकेमा सफलता प्राप्त हुने बताइन् । नेपालगञ्ज उपमहानगरपालिकाले बालश्रमबाट उद्धार गरि विद्यालयमा भर्ना गराउन सहयोग गरेका तीनजना बालबालिकासँग भेट गरेको युनिसेफको टोलीले वालश्रमविरुद्ध उपमहानगरपालिकाको प्रयास सह्रानीय भएको जनाएको छ ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेल, प्रमुख महिला विकास अधिकृत तथा महिला तथा बालवालिका शाखा प्रमुख शोभा शाह, सामाजिक विकास प्रमुख कृष्ण जोशीले यु्निसेफको सहकार्यप्रति अभार प्रकट गर्दै निरन्तर सहकार्यमा जोड दिएका थिए ।

Next Post

गुठी जग्गा छानबीनमा जुट्यो आयोग

२० भाद्र २०७६, शुक्रबार १७:५५
सदरलाइनडटकम, नेपालगञ्ज : सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षण सम्वन्धि जाँचबुझ आयोगले नेपालगञ्जको बागेश्वरी मन्दिर गुठीको नाममा भएको जग्गा बिक्रि बितरण भएको विषयमा स्थलगत अनूगमन गरी जानकारी लिएको छ । आयोगका सदस्य जगत देउजा र कानून अधिकृत जनक पोख्रेल सहितको टोलीले तीन दिनसम्म नेपालगञ्जमा रहेर आयोगको टोलीले बिक्रि वितरण भएको […]

सम्बन्धित