‘नाचौं तीज’को भोली फाईनल प्रतियोगिता हुने

१४ भाद्र २०७६, शनिबार १८:४२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कृष्णसार एफएमको ‘नाचौं तीज’ प्रतियोगिताको सिजन ७ को फाइनल प्रतियोगिता आईतवार हुने भएको छ । नेपालगञ्जमा हुने फाइनल प्रतियोगितामा विभिन्न अडिसनमा छानिएका जम्मा २८ वटा समुहले प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक माधव अधिकारीले जानकारी दिए ।
भदौ ९ गते बर्दियाको मधुवनमा भएको पहिलो अडिशनवाट ५ जना, बर्दियाकै गेरुवामा १० गते भएको अडिशनवाट ५ जना, ११ गते बाँकेको खजुरामा भएको अडिशनवाट ११ जना र बैजनाथ गाउँपालिकामा शनिवार भएको अडिशनवाट ७ टीम गरी २८ टीम फाइनलका लागि भएका छन् । बाँकेको बैजनाथ गाउँपालिकामा आज भएको चौथो अडिशनवाट ७ टीम फाइनल प्रतिस्पर्धाका लागि छनौट भएका छन् । अडिशनमा बिद्यालय, क्लब र समुह गरेर १८ वटा टीमको सहभागिता थियो । अडिसनमा पहिलो हुनेलाई ५ हजार, दोस्रोलाई ३ हजार र तेस्रो हुने टीमलाई २ हजार नगद पुरस्कार बैजनाथ गाउँपालिकाका उपाध्यक्ष शारदाकुमारी विकले प्रदान गरिन् ।
शनिवारको अडिशनमा नृत्य निर्देशक कुलमान नेपाली र नरेन्द्र श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरे । नेपालगन्जको विपी चोकस्थित सुनाखरी रेष्टुरेण्टको हलमा आईतवार बिहान ११ बजे फाइनल प्रतियोगिता शुरु हुनेछ । छनोट चरणमा १० हजारसम्मको नगद पुरस्कार वितरण गरिएको छ भने फाइनल प्रतियोगितामा ५० हजार रुपैयाँ सम्मका नगद पुरस्कार राखिएको एफएमले जनाएको छ । तीज नृत्यमा निष्पक्ष मुल्यांकन होस् भनेर राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त कलाकारहरुलाई निर्णायकमा राखिएको छ । यसपाली पनि चर्चित नृत्य निर्देशक कुलमान नेपाली मुख्य निर्णायकमा रहेका छन् । नेपाली महिलाहरुको महान चाड तीजको संरक्षण संगै नृत्य क्षमताको प्रष्फुटन गर्ने उद्देश्यले नाचौं तीज प्रतियोगिता नियमितरुपमा गरिरहेको एफएमका कार्यकारी प्रमुख तुला अधिकारीले जानकारी दिए ।
नियमित सञ्चार कर्मका साथै कला क्षेत्रमा छरिएर रहेका प्रतिभाहरुको खोजी गरी उनीहरुमा भएको क्षमता प्रस्फुटनमा भूमिका खेल्न मिडियाबाट सकेको कोशिष गरिरहेको अधिकारीको भनाई छ । नाचौं तीजको सिजन ७ मा नेपालगञ्जको सुनाखरी रेष्टुरेन्ट, निशान कम्प्युटर टे«डर्स, कमल इण्टरप्राइजेज, कुमारी बैंक लिमिटेड, दैनिक नेपालगञ्ज र खजुराको ग्रीन कटेजले प्रतियोतिामा सहयोग गरेका छन् ।

Next Post

तीजका अवसरमा विभिन्न कार्यक्रम गरिँदै

१४ भाद्र २०७६, शनिबार १८:४२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाली नारीहरुको महान पर्व तीजका अवसरमा बाँकेमा गत सातादेखि विभिन्न संघसंस्था र समूहद्वारा नाचगान तथा दर खाने कार्यक्रम आयोजित हुँदै आएका छन् । सरकारले विगत वर्षहरुमा झैं महिनौं दिनदेखि होटेल पार्टी प्यालेस र रेष्टुरेन्टहरुमा तीज जस्तो साँस्कृतिक पर्वलाई भड्किलोरुपमा मनाउन थालिएको भन्दै बाँकेमा गत सातादेखि मात्र तीजको […]

सम्बन्धित