सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले नर्सिङ क्याम्पसमा नेपालगञ्जका विद्यार्थीका लागि निश्चित् कोटा निर्धारण गर्न प्रस्ताव गरेका छन् । त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको नर्सिङ क्याम्पसमा सोमवार पुगेका मेयर राणाले बर्षौदेखि सञ्चालनमा रहेको क्याम्पसमा नेपालगञ्जका विद्यार्थीका लागि निश्चित् कोटा निर्धारण गर्न प्रस्ताव गरेका हुन् ।
भेटघाटमा क्याम्पस प्रमुख अम्बिका चन्दले नेपालगञ्जका विद्यार्थीका लागि निश्चित् कोटा दिने सम्बन्धमा केन्द्रमा कुरा राख्ने विश्वास दिलाए । करीब ५० बर्षअघि निर्माण भएको क्याम्पसको भवन तथा छात्राबास जीर्ण भएको भन्दै उनले नयाँ भवन निर्माणका लागि मेयर राणा समक्ष आग्रह गरे ।
जीर्ण भवनमा पानी चुहिने अवस्थामा विद्यार्थीहरु बस्नुपरेको प्रमुख चन्दको आग्रहलाई गम्भीररुपमा लिँदै मेयर राणाले आफुले सक्दो सहयोग गर्ने आश्वासन दिए ।
Next Post
बाँकेको कारागारमा अधिकांश लागुऔषधका कैदी
९ भाद्र २०७६, सोमबार १८:५६
सम्बन्धित
-
२३ बैशाख २०७९, शुक्रबार १७:०४
समृद्ध नेपालगञ्जका लागि उम्मेदवारलाई संघले गरायो प्रतिवद्धता
-
२९ फाल्गुन २०७६, बिहीबार १२:२३
लखनऊमा भेटिए कोरोना संक्रमित
-
१९ श्रावण २०७९, बिहीबार १५:५७
बाँके खेलकुद विकास समितिको गम्भीर ध्यानाकर्षण
-
९ माघ २०८०, मंगलवार १७:४६
क्यान्सर पीडित शर्मालाई आर्थिक सहयोग
-
२५ पुष २०७८, आईतवार १३:३५
कर्मचारी युनियन बाँकेको अध्यक्षमा श्रेष्ठ निर्वाचित
-
१० फाल्गुन २०७४, बिहीबार १६:५९
केन्द्रीय सरकारको मन्त्रीका लागि बाँकेका ‘अथक’ दौडधुपमा