राप्तीसोनारी (बाँके) : आसन्न मंसिर ४ गते सम्पन्न हुने आम निर्वाचनको तिथि नजिकिदै छ । आ–आफ्नो मनले जितेको प्रतिनिधिलाई चुन्ने दिन नजिकिदै गर्दा बाँके निर्वाचन क्षेत्र न. १ क मा पनि निर्वाचनको माहौल अत्यन्तै चर्किएको छ ।
सो क्षेत्रबाट प्रदेस सभामा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कृष्णा केसी नमूनाको चर्चा चुलिएको छ । विश्वभरि महामारीका रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) सबैभन्दा बढी प्रभावित बन्यो नरैनापुर ।
कोरोना भाइरसले नरैनापुरलाई ‘हट स्पट’ बनाउँदै गर्दा नरैनापुरवासीलाई अभिभावकको खाँचो आफ्नो ज्यानलाई जोखिममा राखेर सांसद नमुनाले त्यो सहास र हिम्मत गरिन् र जनताको ज्यान जोगाउन घर बाहिर निस्किन् ।
यतिबेला मात्र होइन, राप्तीपारि बर्सेनी समस्या भनेको डुबानको हो । बर्षातको समयमा यहाँका बासिन्दाले बर्सेनी यो समस्या झेल्दै आएका छन् । यतिबेला पनि नागरिकको उद्दार, उनीलाई राहत तथा व्यवस्थापनमा नमुनाले अभिभावकीय भूमिका निर्वाह गर्दै आएकी छिन् ।
यति मात्र होइन, गाउँमा सामान्य समस्या भए पनि नमुनाको खोजी हुन्छ । उनको खोजीको एउटै कारण हो, ‘सिर्जित समस्यालाई उनले समाधान गर्छिन् ।’ जसले गर्दा पनि यहाँका नागरिकले दलगत रुपमा भन्दा यहाँको साझा जनप्रतिनिधिका रुप उनलाई समस्या सुनाउँछन् । ‘कोरोना भाइरसमात्र होइन, बर्सेनी आउने बाढीले डुबान गरेको प्रभावित क्षेत्रमा नमुना आफैँ बस्तीबस्ती, घरघर पुग्नु हुन्छ,’ यहाँका नेत्र थारुले भने, ‘हामीलाई हामीले जिताएको जनप्रतिनिधि आउँदा ठूलो हौसला मिल्छ ।’ विपद्का बेला जनप्रतिनिधि जनताकै साथमा हुँदा पनि केही पीडा कम सहसुस हुने उनले बताए ।
गतवर्ष घर डुबानमा परेर सबै खाद्यान्न तथा लत्ताकपडा बगाएर पीडित बनेका विकास चौधरी राहतको प्रतीक्षामा थिए । नमुनाले उनलाई व्यक्तिगतरुपमा खाद्यान्न तथा लत्ताकपडा उपलब्ध गराएको सम्झदै भने–‘घरमा भएका सबै सामान बगेर, भिजेर म हैरानमा परेको थिएँ । नमूना ज्यु आउनु भयो र न्याय मिल्यो ।’ उनी मात्र होइन यस्ता कयौंलाई नमुनाले सहयोग पु¥याएकी छिन् । उनी घरमा प्रायः भेटिँदैनिन् । जनताकै घरदैलोमा हुन्छिन् । जनतासँग साक्षात्कार गर्छिन् र यहाँको विकासका लागि सोच निर्माण गर्छिन् ।
राप्तीपारि जहाँ, सडक थिएन, गुणस्तरीय शिक्षा र स्वास्थ्यबाट नागरिक वञ्चित थिए । यहाँकी जनप्रतिनिधि नमुनाको आँखा चाहिँ त्यही सडक, शिक्षा र स्वास्थ्यमा प¥यो । जहाँ समस्या, त्यहाँ समाधान भनेझैं तिनको व्यवस्थापनका लागि उनले पहल थालिन् । ‘हालसम्म राप्तीपारिका सबै क्षेत्रमा सडक पुगेको छ,’ प्रदेशसभा सदस्यको उम्मेदवारसमेत रहेकी नमुनाले भनिन्, ‘शिक्षा र स्वास्थ्यमा पनि उल्लेख्य विकास भएको छ ।’ यो यस क्षेत्रका उपलब्धि भएको उनको भनाइ छ ।
‘सबैको सहयोगका कारण कामले गति लिएको छ,’ उनी भन्छिन्, ‘काम अझै गर्न बाँकी छ । तर, सीमित स्रोत साधनबाट यहाँ धेरै काम भएका छन् ।’ जहाँ केही छैन । त्यहाँ धेरै हुन्छ भने झै नमुनाले राप्तीपारिलाई उदाहरणका रुपमा प्रस्तुत गरेकी छिन् । सामान्य घरायसी विवाद समाधानदेखि योजना निर्माणसम्म नमुनाले भूमिका निर्वाह गरेकी छिन् । यस क्षेत्रको समस्या समाधानको सारथि हुन नमुना । इच्छाशक्ति, धैर्यता र इमानदार भएर काम गर्ने हो भने जनतालाई विश्वास दिलाउन सकिने उदाहरण उनले प्रस्तुत गरेकी छिन् ।