थरुहट–थारुवान राष्ट्रिय मोर्चा गठन

९ भाद्र २०७६, सोमबार १६:५०
 

सदरलाइनडटकम,
कैलाली : थरुहट–थारुवान राष्ट्रिय मोर्चाले थरुहट एकता र सामजिक सद्भावका लागि भन्दै टीकापुरमा सरकारविरुद्ध असहयोग आन्दोलनको घोषणा गरिएको छ । थरुहट नेता लक्ष्मण थारुको संयोजकत्वमा गठन भएको ५१ सदस्यीय थरुहट–थारुवान राष्ट्रिय मोर्चाले १५ बुँदे टीकापुर घोषणापत्र जारी गरेको मोर्चाका प्रवक्ता मीनराज चौधरीले जानकारी दिनुभयो । मोर्चाको राष्ट्रिय सम्मेलन पनि सम्पन्न भएको छ ।
सम्मेलनले पहिचान पक्षधरलाई एकताबद्ध गरेको घोषणा पत्रमा उल्लेख गरेको छ । बिग्रिएको भनिएको टीकापुरको सामाजिक सद्भाव मजबुत भएको घोषणा पत्रमा भनिएको छ । तराई मधेशमा जारी आन्दोलनपछि छानबिन गर्न गठित गिरिशचन्द्र लालसहितको विभिन्न प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरिएको प्रवक्ता चौधरीले जानकारी दिए ।
गत भदौ ८ गते कर्फ्यू जारी भएकै अवस्थामा टीकापुरका थारु समुदायको भौतिक संरचनामा आगजनी गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने माग समेत गरिएको छ भने संघर्ष समिति र सरकारबीच विभिन्न समयमा भएको १३ बुँदे सहमति कार्यान्वयन गर्न पनि घोषणा पत्रमार्फत माग गरिएको छ ।
हालको ७ प्रदेशको संरचना कुनै पनि हालतमा नमान्ने उद्घोष गर्दै जातीय पृष्ठभूमिको आधारमा पहिचानसहितको १० जोड १ को थरुहट–थारुवान स्वायत्त प्रदेश सीमांकन र नामांकन गरिनुपर्ने माग सारिएको छ ।
थरुहट–थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते ८ जना प्रहरीसहित १ जना नाबालकको ज्यान गएको थियो भने भदौ ८ गते कर्फ्यू जारी भएकै अवस्थामा थारु समुदायका ८८ वटा घर, पसल, एफएमलगायतका संरचनामाथि आगजनी भएको थियो ।

Next Post

वृद्धवृद्धालाई हवाई भाडामा पचास प्रतिशत छुट

९ भाद्र २०७६, सोमबार १६:५०
सदरलाइनडटकम, काठमाण्डौ : अबदेखि ७० वर्षभन्दा माथिका वृद्धवृद्धाले हवाई भाडामा ५० प्रतिशत छुट पाउने भएका छन् । पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिकालाई हवाई भाडामा ५० प्रतिशत छुट दिने सोमवार घोषणा गरेका हुन् । यो प्रबन्ध नेपाल वायुसेवा निगममा तत्काल लागु हुने र निजी क्षेत्रका हवाइसेवा कम्पनीहरुसँग पनि यस बारेमा […]