सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके प्रहरीले कोहलपुरबाट पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नं. ११ गोलपार्क नजिकै मंगलवार जुवा खेलिरहेको अवस्थामा २ लाख ५ हजार ४ सय ५० रुपैयाँसहित पाँच जनालाई पक्राउ गरिएको हो ।
गोलपार्कस्थित टोल प्रसाद हमालको घरमा जुवा खेलिरहेका कोहलपुर ११ बस्ने ३४ वर्षीय प्रकाश रिजाल, ४५ वर्षीय रमेश गिरी, ३४ वर्षीय टंक बहादुर रोकाय, ५० वर्षीय टंक बहादुर शाही र ४५ वर्षीय घरबेटी हमाललाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।
