बाघको आक्रमणबाट महिलाको मृत्यु

  
  प्रकाशित मितिः बिहिबार, भदौ ५, २०७६       | 100 Views   ||

सदरलाइनडटकम,
बर्दिया : बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका ४ दंगापुरबी ५६ वर्षीया रामकली शाहीको घटनास्थलमै मृत्यु भएको हो । घरदेखि नजिकैको खेतमा घाँस काट्दै गर्दा उनलाई बाघले आक्रमण गरेको थियो ।
प्रहरीका अनुसार चारपाँच जनाको समुहमा खेतमा घाँस काटिरहेको समयमा शाहीलाई एक्कासी पाटेबाघले आक्रमण गरेको थियो । उनलाई बाघले समातेर खेतसँगैको जंगलभित्र लगेको थियो । शाहीका साथीहरुले गाउँमा खबर गरेपछि स्थानीयले बाघदेखि उनलाई छुट्याएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए ।

प्रकाशित मितिः बिहिबार, भदौ ५, २०७६     6:22:58 PM  |