वडा अध्यक्ष बर्मालाई स्थानीयको सम्मान

सदरलाइन संवाददाता ४ पुष २०७८, आईतवार १९:२३
 

नेपालगञ्ज : वडाको विकास निर्माणमा वडा अध्यक्ष भन्दा पनि माथि उठेर काम गरेको भन्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्मालाई सम्मान गरिएको छ ।

वडाको तेजनगर टोलबासीले विकास निर्माणको काममा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै शनिबार औपचारिक कार्यक्रम गरि अध्यक्ष वर्मालाई सम्मान गरेका हुन । चालु आर्थिक वर्षमा तेजनगरमा वडा अध्यक्ष वर्माको पहलमा दुईवटा सडक पिसिसी भएको छ भने पक्कि नाला सहित ८० मिटर सडक कालोपत्रे सम्पन्न भएको छ ।

यसैगरी सोही टोलमा एकसाताभित्रै हाईमास्ट लाईट जडान गर्ने तयारीमा रहेको वडा अध्यक्ष वर्माले जानकारी दिए । सोही टोलमा गतवर्ष ५० लाखको लागतमा नाली सहितको कालोपत्रे सडक निर्माण सम्पन्न भएको थियो ।


चालु आवमा तेजनगर टोलमा पक्कि नाला सहित सडक स्तरउन्नती, विद्युतका पोलमा स्टीटलाईट जडान तथा जेष्ठ नागरिक र योगका लागि समेत वजेट विनियोजन भएको छ । टोलबासीबाट सम्मान पाएपछि वडा अध्यक्ष वर्माले वडाको पुरानो मध्येको तेजनगर टोलमा थप विकास निर्माणका योजना ल्याउन आफु प्रयासरत रहेको बताए ।

टोल विकास समितिका अध्यक्ष सुर्य केसीले तेजनगरमा पछिल्ला वर्षमा विकास निर्माणका योजना कार्यान्वयन हुन थालेपछि टोलबासी उत्साहित भएको भन्दै थप विकास निर्माणका लागि आग्रह गरे ।

कार्यक्रममा वडा सदस्य दिग्विजय ढुंगाना लगायतको सहभागिता थियो । वडा अध्यक्ष वर्माले वडाका सबै टोलमा विकास निर्माणका काम तिव्ररुपमा अघि बढेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्रकको ठोक्करबाट बाँकेमा एकको मृत्यु

४ पुष २०७८, आईतवार १९:२३
नेपालगञ्ज : नेपालगञ्ज–कोहलपुर सडकखण्डको गोल्छा नजिकै ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । कर्णाली प्रदेश ०२–००१ ख ००८८ नम्बरको ट्रकले पैदल हिंडिरहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ का ६० वर्षीय मनबहादुर केसीको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका केसीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गएराती मृत्यु भएको […]