कार्यकर्ताको मनोभावना विपरित नलाग्न आग्रह नेकपा बाँकेको आग्रह

१९ असार २०७७, शुक्रबार १९:१८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पार्टी कार्यकर्ताको मनोभावनासंग खेलवाड नगरी पार्टी एकतालाई मजबुत बनाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेले आग्रह गरेको छ ।

शुक्रबार पार्टी हित विपरित गतिविधि नगर्न नेता कार्यकर्तालाई सार्वजनिक अपील गर्दै नेपाली जनताले चाहेको शान्ति, समृद्धि र विकास एकताले मात्र संभव हुने भन्दै मुलुक अगाडी बढी रहेको समयमा पार्टीको निर्णय विपरित कुनै कार्य कसैले नगर्न आग्रह गरिएको हो ।

नेकपा केन्द्रीय सदस्य बाँके सह–इन्चार्ज मोहमद हारुन हल्वाई, बाँकेका अध्यक्ष आईपी खरेल र सचिव अशोक कोईराला संयुक्त अपिल जारी गर्दै विदेशी शक्ति र देशभित्रका प्रतिक्रियाबादीहरुले चहाएको फुटका पक्षमा कुनै पनि नेता नलाग्न अनुरोध गरिएको छ ।


नेपाली जनताको चहाना अनुसारको राष्ट्रियताका पक्षमा एकमत आम नेपाली जनता भएको अवस्थामा पार्टी भित्र गुटफुटका संकेत समेत नहुनु पर्ने उल्लेख गरिएको छ । नेकपाको सचिवालयमा नेताहरुबीच आरोप प्रत्यारोप लागिरहेका बेला बाँके जिल्लाका नेकपा नेतृत्वले अग्रज नेतालाई पार्टी एकताका भावना र आवश्यकता पुरा गर्न अपील गरेको हो ।

अपीलमा पार्टी नेता तथा कार्यकर्ता कसैले पनि आमसंचारका माध्यम र सामाजिक सञ्जालमा पार्टी नीति विपरित कार्य नगर्न अनुरोध गर्दै नेकपा बाँकेले पार्टी हित विपरित हुने कार्य नगर्न तथा पार्टीको नीति, विधान र निर्देशन अनुसार चल्न आग्रह गरेको छ ।

सुदृढ पार्टी एकता अहिलेको आवश्यकता भएकाले यसबाट दायाँबायाँ नहुन पार्टी नेतृत्वलाई अपील समेत गरिएको छ । पार्टीको निर्णय नै अन्तिम भएकाले यसमा प्रतिवद्ध हुन समेत सबैलाई अपिल गरीएको गरिएको छ ।

Next Post

कोबिड–१९ को लागि प्लानको सहयोगमा बाँके युनेस्कोद्वारा सञ्चालित कार्यक्रमको समीक्षा

१९ असार २०७७, शुक्रबार १९:१८
सदरलाइनडटकम, नेपालगञ्ज :  कोबिड–१९ को रोकथामका लागि बाँकेमा जिल्ला विपद व्यवस्थापन समिति मार्फत प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लवद्वारा सञ्चालित कार्यक्रमका बारेमा समिक्षा बैठक सम्पन्न भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गको अध्यक्षतामा सम्पन्न सो बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा, कोहलपुर नगरपालिकाका प्रमुख […]