साउदीका महिला अभिभावकबिनै यात्रा गर्नसक्ने

४ भाद्र २०७६, बुधबार १७:५७
 

सदरलाइनडटकम,
काठमाण्डौ : साउदी अरबले २१ वर्षमाथिका महिलाहरुलाई पासपोर्ट लिन र कुनै पुरुषको संरक्षकको अनुमतिबिना विदेश यात्रा गर्ने अधिकारसम्बन्धी ऐतिहासिक सुधारलाई लागू गरेको छ । साउदी अरबका महिलाहरुको स्थितिलाई लिएर विश्वभरिबाट नै त्यसको आलोचना भएको थियो ।
मनवअधिकार आयोगले भनेको थियो, ‘साउदी अरबमा महिलाहरुलाई दोस्रो नागरिकका दर्जाका रुपमा लिइन्छ ।’ महिलाहरुलाई कुनै किसिमको महत्वपूर्ण निर्णय लिन पुरुष संरक्षकको निर्भर रहनु पर्दथ्यो । यी सुधारहरुको घोषणा यही महिनाको सुरुवातदेखि सुरु भएको थियो । गएको मंगलबारबाट यी सुधारहरु लागू गरिएको हो ।
यो कदमले प्रतिबन्धान्त्मक संरक्षकता प्रणाली कमजोर भएको छ, जुन लामो समयदेखि महिला दमनको प्रतीक थियो । विभागले सामाजिक सञ्जाल ट्विटरमा भनेको छ, ‘पासपोर्ट विभागले पासपोर्टको अवधि बढाउन, पासपोर्ट जारी गर्न र देश बाहिर यात्रा गर्न २१ वर्षमाथिका महिलाहरुलाई आवेदन दिन आह्वान गरेको छ ।’
यसअघि महिलाहरुलाई यी कामका लागि आफ्ना पुरुष संरक्षकहरु पति, पिता र अन्य पुरुषको सहमतिको आवश्यकता हुन्थ्यो । यसका अलावा साउदी अरबमा महिलाहरुलाई बच्चा जन्माउन, विवाह र सम्बन्ध विच्छेदको आधिकारिक रुपमा पञ्जीकृत गराउन पनि अधिकार दिइएको छ । यो सुधारलाई लिएर देश र अन्तर्राष्ट्रियस्तरमानै व्यापक प्रशंसा भएको छ । तर कट्टर रुढिवादीहरुले यसलाई ‘गैर इस्लामिक’ बताउँदै निन्दा गरेका छन् ।
(एजेन्सी)

Next Post

द्वन्द्व संवेदनशीलता सम्बन्धि तालिम सम्पन्न

४ भाद्र २०७६, बुधबार १७:५७
सदरलाइनडटकम, डुडुवा (बाँके) : समाजमा हुने विभिन्न किसिमका द्वन्द्वको न्युनीकरण गर्ने उद्देश्यले बाँकेको डुडुवा गाउँपालिकामा द्वन्द्व संवेदनशीलता सम्बन्धि दुईदिने तालिम दिइएको छ । तालिममा गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, प्रहरी, अधिकारकर्मी, नागरिक अगुवा गरि २५ जनाको सहभागिता रहेको थियो । तालिममा द्वन्द्वको अवस्था, कारण, संबेदनशिलता, सामाजिक मान्यता, उत्पन्न विवाद […]