एनसेल टावरमा आगजनी

१६ श्रावण २०७६, बिहीबार ०८:४७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा एनसेलको २ टावरमाथि अज्ञात समुहद्वारा आगजनीको प्रयास भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले दिएको जानकारी अनुसार डुडुवा गाउपालिका– ४ मेहमानपु कम्दी र नेपालगञ्ज उप–महानगर–२० मनिकापुर नयाँबस्तीमा रहेको एनसेलको टावरमा जुटको बोरामा पेट्रोल छर्केर आगजनी भएको हो ।
बिहीबार बिहान डेढबजेतिर भएको सो आगजनीबाट टावरका तारहरुमा क्षति पुगेको प्रहरी नायव उपरीक्षक सापकोटाले जानकारी दिए । उनले सो घटनाको अनुसंधान भईरहेको र संलग्नहरुको खोजी तीब्र पारिएको बताए ।

Next Post

डुडुवा ६ द्वारा सामाजिक सुरक्षा भत्ता वितरण शुरु

१६ श्रावण २०७६, बिहीबार ०८:४७
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाले कार्यालयबाटनै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । बृद्धबृद्धाहरुले बैंक जान नसक्ने बताएपछि वडा नं. ६ ले कार्यालयबाटनै भत्ता वितरणको व्यवस्था मिलाएको हो । उक्त वडामा जम्मा ४६१ जनालाई वितरण गरिने सामाजिक सुरक्षा भत्ता अहिलेसम्म २६२ जनाले बुझिसकेको […]

सम्बन्धित