नेपालमा बाघको संख्यामा उल्लेख्य वृद्धि भएको दाबी

१३ श्रावण २०७६, सोमबार २०:०२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा बाघको संख्यामा उल्लेख्य वृद्धि भएको विश्व बाघ दिवशका अवसरमा आयोजित कार्यक्रममा बताईएको छ । बाँकेको कोहलपुरमा आयोजित कार्यक्रममा वन तथा भूसंरक्षण विभागका उप–महानिर्देशक डा. राजेन्द्र केसीले मुलुकका ५ वटा निकुञ्ज क्षेत्रमा करीब २ सय ३५ बाघ रहेको जानकारी दिए ।
उनले निकुञ्ज विभागले २०१७ मा गरेको सर्वेक्षणको नतिजा अनुसार बाघको संख्या अपेक्षा गरे अनुरुप भन्दा तीब्र गतिमा बढेको भन्दै नेपालले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बृद्धि गर्ने गरी अन्तराष्ट्रिय फोरममा गरेको प्रतिबद्धता सजिलै पुरा हुने संकेत स्पष्ट देखिएको बताए ।
सन २००९ मा गरिएको सर्वेक्षण अनुसार १२१ बाघ रहेकोमा सन २०२२ सम्ममा दोब्बर पुराउने भनी नेपालले अन्तराष्ट्रिय फोरममा प्रतिबद्धता जनाएको थियो ।
निकुञ्ज विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले चितवन राष्ट्रिय निकुञ्ज ९३, बाँके राष्ट्रिय निकुञ्ज २१, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १६ गरी २ सय ३५ बाघ रहेको जानकारी दिए ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख युवराज रेग्मीले २०६७ सालमा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जमा हाल बाघको संख्या ४ वटाबाट बढेर २१ पुगेको जानकारी दिए । चुरे संरक्षण र बाघ संरक्षणका लागि बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले बाघ संरक्षणमा निकुञ्ज, मध्यवर्ती क्षेत्र, चोरी शिकारी नियन्त्रण समितिलगायत सरोकारवाला निकाय उत्साहित भएर लागेको कारण बाघको संख्यामा बृद्धि भएको दाबी गरे ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीबास्तवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाघ तथा बन्यजन्तु संरक्षणका लागि गरिएका विभिन्न प्रयासहरुको बारेमा चर्चा गरिनुको साथै विभिन्न जिल्लाका स्थानीयतहका प्रमुखहरुले आ–आफ्नो भनाई राखेका थिए ।

Next Post

चितुवाको छालासहित दुईजना पक्राउ

१३ श्रावण २०७६, सोमबार २०:०२
सदरलाइनडटकम, कैलाली : चितुवाको छालासहित कैलालीमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कैलालीको टोलीले चितुवाको दुई थान छालासहित डोटी बड्डी केदार गाउँपालिकाका राजेन्द्र थापा र कैलाली चुरे गाउँपालिका–१ का रामबहादुर विष्टलाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका उनीहरूको साथबाट चितुवाको दुई थान छाला बरामद गरेको जनाएको छ […]

सम्बन्धित

ताजा अपडेट