नेपालगञ्जमा थालियो सरसफाई अभियान

सदरलाइन संवाददाता ६ मंसिर २०७८, सोमबार १५:५०
 

नेपालगञ्ज : सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयको संयुक्त आयोजनामा ‘सफा सुन्दर र स्वच्छ शहर हामी सबै को रहर’ भन्ने नाराका साथै सोमवारदेखि नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ बाट सरसफाई अभियान थालिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का अध्यक्ष सुरेन्द्र गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिपेन्द्रकुमार जोसीले जनघनत्वको चापसंगै बढिरहेको फोहोरले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भन्दै समयमै सबैलाई सचेत पार्नुपर्ने बताए । उनले यो महान कार्यमा सबै नागरिक, संघसंस्था र स्थानीय तहले पनि उल्लेखनीय भुमिका निभाउनु पर्ने बताए ।


कार्यक्रममा प्रहरी निरीक्षक डिल्ली बहादुर खत्रीले व्यक्तिगत सरसफाई मात्र नभई गाउँ टोललाई पनि उत्तिकै सफा राख्नु पर्ने बताए । बिशिष्ट अतिथि प्रकाश डिसीले पनि लागुऔषध नियन्त्रण र टोल सरसफाई अभियानलाई भव्यरुपमा सफल पार्नु पर्ने जिकिर गरे ।

वडाध्यक्ष गुप्ताले आफुले गर्नुपर्ने सहयोग र वडा नं. ८ ले निभाउनु पर्ने भुमिकाबाट पछि नहट्ने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१२ देखि १७ वर्षका बालबालिकालाई लगाइयो फाइजर खोप

६ मंसिर २०७८, सोमबार १५:५०
नेपालगञ्ज : जिल्ला कोभिड–१९ खोप समन्वय समितिको निर्णय अनुसार सोमवार पनि दीर्घ रोगीहरुका साथै उच्च जोखिममा रहेका समुहलाई फाइजर खोप लगाइएको छ । कोभिड अस्पतालमा सेवारत चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी तथा सुरक्षाकर्मीका छोराछोरी, अपाङ्ग तथा बालसुधार गृहका १२ देखि १७ बर्ष उमेरका बालबालिकाहरुलाई कार्यालयले प्रमाणित गरेको उमेर खुल्ने प्रमाणका आधारमा भेरी […]