नेपालगञ्जका शिक्षकलाई १० दिने योग प्रशिक्षण

७ श्रावण २०७६, मंगलवार १९:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज   : शिक्षकलाई स्वास्थ्य जीवनको उपयोगिताबारे जानकारी दिन नेपालगञ्ज उप–महानगरपालिका क्षेत्रमा कार्यरत शिक्षक शिक्षिकालाई दश दिने योग शिक्षाको प्रशिक्षण शुरु गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको सहयोग तथा नेपाल शिक्षक महासंघ, नेपालगञ्ज नगरसमितिको आयोजनामा शुरु गरिएको सो योग प्रशिक्षणको उद्दघाटन उप–महानगरपालिकाका कार्यवाहक प्रमुख उमा थापाले मंगलबार गरेकी हुन ।
उनले उद्दघाटन सत्रलाई सम्बोधन गर्दै स्वस्थ्य जीवनका लागि योग शिक्षा निर्विकल्प रहेको बताउदै शिक्षकले सिकेर विद्याथीलाई पनि यसबारे नियमित अभ्यास गराउनु पर्नेमा जोड दिईन ।
कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, नेपाल शिक्षक संघ, बाँके अध्यक्ष वीरेन्द्र यादव, नेपाल शिक्षक महासंघ नेपालगन्ज नगर समिति अध्यक्ष मनोजराजा श्रीवास्तव, बुद्धिजिवी डा.विजय प्रधान, समाजसेवी घनश्याम वैश्यलगायतले योग शिक्षाको बारेमा धारणा राख्दै विद्यालयमा योग शिक्षाको निरन्तर अभ्यास आवश्यक रहेको औल्याएका थिए ।
सो प्रशिक्षणमा नेपालगञ्जका सामुदायिक, संस्थागत, मदरसा विद्यालयतर्फका गरि कार्यरत ४० जनाभन्दा बढी शिक्षकहरुको सो तालिममा सहभागिता रहको आयोजकले जनाएको छ ।
विद्यालयमा सीप र ज्ञानको अभावमा अझैपनि योगको व्यवहारिक कार्यन्वयन हुन नसकेपछि सीप विकासका लागि पहिलो चरणमा केही शिक्षकहरुबाटै सुरुवात गर्दै सो तालिम थालिएको शिक्षक महासंघ नेपालगन्ज नगर अध्यक्ष श्रीवास्तवले बताए ।
उनले विद्यालय शिक्षाको पाठयक्रममा योग शिक्षा समावेश रहेता पनि अध्यापनरत कतिपय शिक्षकहरु आफैं योग अभ्यासबारे जानकार नभएकाले पनि यो तालिम थप उपयोगी रहने अपेक्षा राखिएको बताए ।
तालिमपछि प्रशिक्षित शिक्षकहरु विद्यालयभित्र विभिन्न समयमा विद्यार्थीहरुबीच योग शिक्षा र अभ्यासको प्रयोग गर्ने छन् ।
योगगुरु कृष्णा पाण्डेले प्रशिक्षण दिने दैनिक बिहान करिव २ घण्टा योगका विभिन्न आसन र फाइदा लगायतका बारे प्रशिक्षण दिइने जनाइएको छ ।
नेपाल शिक्षक संघ नेपालगञ्ज नगर अध्यक्ष कंचन आचार्यले स्वागत गरेको सो उदघाटन सत्रको संचालन शिक्षक महासंघ नेपालगञ्ज नगर सचिव केशव शर्माले गरेका थिए ।

Next Post

नेपाल टेलिकमकोे उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा

७ श्रावण २०७६, मंगलवार १९:४८
सदरलाइनडटकम, काठमाडौँ  : नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा समेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम (एफटीटीएच) सेवालाई साउन ५ गतेदेखि लागु हुने गरी थप व्यवस्थित गरेको छ। एफटीटीएचमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन टेलिकमले जनाएको छ । यसअघि […]

सम्बन्धित