बेलायतको ट्यांकर इरानको नियन्त्रणमा

४ श्रावण २०७६, शनिबार १४:४०
 

सदरलाइनडटकम,
काठमाण्डौ : इरानले बेलायतको एउटा ट्यांकर नियन्त्रणमा लिएको छ । बेलायतका विदेशमन्त्री जेरोमी हन्टले इरानले बेलायती झन्डायुक्त ट्यांकर गल्फ क्षेत्रबाट नियन्त्रणमा लिएको बताएका छन् । नियन्त्रणमा लिएको ट्यांकर तत्काल नछाडे इरानले गम्भीर मूल्य चुकाउनु पर्ने मन्त्री हन्टले चेतावनी दिएका छन् ।
यसले अमेरिकासँगको सम्बन्ध तनावको उत्कर्षमा रहेका बेला बेलायतसँग पनि इरानको सम्बन्धमा तनाव देखिएको छ । इरानको उत्तरतर्फ जाँदै गरेको समुद्री ट्यांकरमा २३ जना रहेको जनाइएको छ । सो ट्यांकरलाई चारवटा पानी जहाज र एउटा हेलिकोप्टरले घेरेर राखेको विदेश मन्त्री हन्टले बताएका छन् ।
इरानले लाइबेरियाको झण्डायुक्त ट्यांकर पनि नियन्त्रणमा लिएको थियो । तर हाल सो ट्यांकर मुक्त भएको र आफ्नो यात्रा नियमित गरेको हन्टले उल्लेख गरेका छन् । अमेरिकाले इरानको एउटा ड्रोन ध्वस्त पारेको दाबी गरेको र इरानले त्यसलाई खारेज गरिरहेको अवस्थामा बेलायती ट्यांकर इरानले नियन्त्रणमा लिएको हो ।
(एजेन्सी)

Next Post

नरैनापुरमा बृहत् बृक्षारोपण, २० हजार बिरुवा रोपिँदै

४ श्रावण २०७६, शनिबार १४:४०
सदरलाइनडटकम, नरैनापुर, (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा शनिबारदेखि बृहद बृक्षारोपण सुरु गरिएको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बिरुवा रोपेर बृक्षारोपण कार्यक्रमको सुरुवात गरेका हुन । गाउँपालिकाको सरकारी कार्यालय, सरकारी विद्यालय, वडा नम्बर २ लक्ष्मणपुरस्थित रानी सामुदायिक वनमा बृक्षारोपण गरिने वडा नम्बर १ र ४ का सचिव लक्ष्मीकान्त मिश्राले […]