कोरोनाको कहर : घुमन्ते पसलेबाट टोलटोलमा संक्रमण फैलने खतरा बढ्दो

७ बैशाख २०७७, आईतवार ११:४७
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : बिश्वव्यापी फैलिएको कोबिड–१९ कोरोना भाईरसको संक्रमणको जोखिमबाट जोगिन आव्हान गरिएको लकडाउनमा सहजताको निहुँमा अत्यावश्यक सामान विक्रि गर्नेहरुबाट संक्रमण घर–घरमा पुग्न सक्ने देखिएको छ ।

लकडाउनको बेलामा स्थानीय तवरबाट उपभोग्य तथा अत्यावश्यक सामान घर–घरमा पुराउनको लागि कुनै तथ्याङ्क बिना ओहरदोहर गर्न दिईएका तरकारीको ठेला, ई–रिक्सा जस्ता साधनमा तरकारी, अन्य सामान जो परिचयपत्र बिना नै हरेक टोलटोलमा निर्धक्क आवागमनले जोखिम बढाएको हो ।

उनीहरुले बिक्रि गर्ने तरकारी वा अन्य सामान कहाँबाट ल्याईएको हो । खान योग्य छ कि छैन वा गुणस्तयरीताको बारेमा पनि कसैले सोध खोज गर्ने गरेको पाईदैन । भारतबाट भित्र्याईने तरकारीहरु कुनै पनि क्वारेन्टाईन नगरी सिधै यीनीहरु मार्फत घर–घरमा पुराईएको छ ।

तरकारी तथा अत्यावश्यक सामान पुराउने नाममा घरमै बसेकालाई पनि संक्रमणको खतरामा पार्ने डरले कतिपय स्थानमा स्थानीयबासीले टोलमा स्वस्फूर्त बाहिर मानिसको प्रवेशमा रोक लगाईन सुरु भएको छ ।


नेपालगञ्ज–१ धम्बोझीका प्रभातकुमार ठकुरीले दैनिक तरकारी र अत्यावश्यक सामाग्री बेच्ने आफ्नो टोलमा मात्र पचास बढी आउने गरेको बताए । उनले भेन–‘यसरी बेच्न आउनेको कुनै पहिचान छैन । उनीहरु संक्रमित भए नभएको यकिन पनि छैन । यसरी घुमीरहदा संक्रमण भए उनीहरु पुगेको सबैै ठाँउमा संक्रमण पुग्ने खतरा बढ्छकी बढ्दैन ?’

उनले यसरी तरकारी वा अन्य सामाग्री बेच्न हिड्ने मानिसको परिचय पत्र र उनी संक्रमित नभएको जाँच नियमित हुन आवश्यक रहेको औल्याए ।

स्थानीय पालिकाले वडा तहसम्म वडा अध्यक्षको अध्यक्षतामा रे्यापिड रेस्पोन्स टिम निर्माण गर्ने निर्देशन भए पनि केही वडाले मात्र पालना गरे पनि अन्यमा भने कागजमै सिमित भएको पाईएको छ । समयमै स्थानीय तह तथा स्थानीय प्रशासनले यसतर्फ पनि ध्यान दिन आवश्यक रहेको छ ।

Next Post

घाँटीमा मासु अड्किँदा एकको मृत्यु

७ बैशाख २०७७, आईतवार ११:४७
सदरलाइनडटकम, दाङ : मासु खाँदा घाँटीमा अड्किएपछि सल्यानमा एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका वडा नम्बर १३ निवासी ६९ वर्षीय देवीलाल कामीको मृत्यु भएको हो । शनिवार राति सल्यानचौरका बालाराम कवरका घरमा झारफुक गर्न गएका उनको आइतवार बिहान ३ बजे बाख्राको मासु खाने क्रममा घाँटीमा अड्केपछि उपचारका लागि […]