सदरलाइनडटकम,
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकामा माध्यमिक विद्यालयस्तरीय प्रथम राष्ट्रपति रनिङशिल्ड एवम् जानकी गाउँपालिका अध्यक्ष कप २०७६ बिहीवारदेखि शुरु भएको छ । प्रतियोगिताको गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले एक समारोहका बीच उद्घाटन गरेका छन् ।
प्रतियोगितामा गाउँपालिकाअन्तर्गतका तीनवटा सामुदायिक र दुईवटा निजी विद्यालयका विद्यार्थीको सहभागिता रहेको गाउँपालिका युवा, खेलकुद तथा शिक्षा शाखाका संयोजक खगेन्द्र मल्लले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा एक सय मिटर, दुई सय मिटर र रिले दौड, कपर्दी, भलिवल, शटफुट, १५ सय र ३ हजार मिटर दौडलगायतका खेल समावेश गरिएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा वडाध्यक्षहरु कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।
