साढे १८ किलो अफिमसहित ४ नियन्त्रणमा

४ असार २०७६, बुधबार १९:०८
 

सदरलाइनडटकम,
नेपालगञ्ज   : बाँके प्रहरीले ठूलो परिमाणमा लागुऔषध अफिमसहित ४ जनालाई नियन्त्रणमा लिएर पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुलाई नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीबाट १८ किलो पाँच सय ग्राम अफिमसहित पाँचजनालाई नियन्त्रणमा लिएको हो ।

बुधवार बिहान ६ बजे पुरैनीस्थित बाबाकुटीमा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषधसहित कारोबारमा संलग्नलाई नियन्त्रणमा लिएको प्रदेश ५, लागुऔषध अनुसन्धान ब्युरो शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टेलीले नियन्त्रणमा लिएको जनाएको छ ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले पक्राउ परेको अफिम अहिलेसम्मकै ठूलो परिणामको भएको दाबी गरे ।

उनले सो अफिम सहित पक्राउ पर्नेहरुमा त्रिवेणी नलगाड नगरपालिका–९, दग्दा जाजरकोटका २५ बर्षिय राजेन्द्र विश्वकर्मा, पूर्वी रुकुम उत्तरगंगा नगरपालिका–२ का ४९ वर्षीया शर्मिला मगर, नलगाढ गाउँपालिका–९ का २५ वर्षीया वीरबहादुर विश्वकर्मा, सोही ठाउँका ५० वर्षीय पृथ्वीबहादुर विश्वकर्मा रहेका छन् भने प्रहरीले उनीहरु सवार भे १ ह १३९५ नंम्बरको अटो र त्यसका चालक सुर्खेत पञ्चपुरी नगरपालिका–९, खुर्सानीबारी, सुर्खेतका ३९ वर्षीय अम्मरबहादुर दराईलाई समेत नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाए ।


पक्राउ परेका चारजनालाई लागू औषध नियन्त्रण ऐन २०३३ को दफा छ (३) बमोजिम १५ वर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुने प्रावधान छ ।

यसैबीच प्रहरीले गत २३ गते २३ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको बर्दिया गेरुवा गाउपालिका–२ का २६ वर्षिय स्वरुप खत्रीलाई समेत नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

खत्रीले मलद्वारमा लुकाएर सो ब्राउन सुगर भारतीय बजार रुपैडिहाबाट नेपाल ल्याउदै थिए । उनलाई अदालतबाट लागुऔषध मुद्दामा म्याद थपगरी अनुसंधान सुरु गरेको प्रहरीेले जनाएको छ । 

Next Post

नेपालगञ्ज उद्योग बाणिज्य संघको पाँच महिना थप

४ असार २०७६, बुधबार १९:०८
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उद्योग बाणिज्य संघको बर्तमान कार्यसमितिको कार्यकाल ५ महिना बढाईएको निर्णय प्रति वर्तमान कार्य समितिका कोषाध्यक्ष समेत रहेका आदेशकुमार अग्रवालले फरक मत जाहेर गरेका छन् । उनले संघको असार ४ गते बसेको ३९ औ बैठकमा संघकै बिधान विपरित गरिएको निर्णय भन्दै फरक मत जाहरे गरेका हुन । […]