बझाङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

सदरलाइन संवाददाता ३० चैत्र २०७८, बुधबार १५:०२
 

नेपालगञ्ज : बझाङको छबिस पाथिभेरा गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बुधबार बिहान छबिस पाथिभेरा गाउँपालिका ३ बाहुन डाँडाबाट भाँडेबगर जाने क्रममा छबिस पाथिभेरा गाउँपालिका १ मोरिबगर नजिकै से १ ज ६७३ नम्बरको जीप दुर्घटना हुँदा सोहि ठाउँका ५० वर्षीय जय बहादुर शार्कीको मृत्यु भएको हो ।


माथि भिरबाट ढुंगा खसेर जीपमा ठोक्किँदा जीप सडक भन्दा झण्डै १ सय ५० मिटर तल सेती नदीमा खसेको थियो । घरबाट भाँडेबगर जाने क्रममा मोरिबगर नजिकै जीप दुर्घटना भई जय बहादुर शार्कीको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञान बहादुर बिष्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिलालाई करणी गरेको अभियोगमा एक पक्राउ

३० चैत्र २०७८, बुधबार १५:०२
सुर्खेत : २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका–५ कालीका बस्ने ३१ वर्षीय सुग्रीब नेपालीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–५ कालिका टोल नजिकैको जंगलमा सुग्रीब नेपाली र सोही ठाउँ बस्ने १९ वर्षीय रोशन गुरुङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला […]