माओबादीका धनबहादुर मास्कीलाई अर्थमन्त्रीको जिम्मेवारी

सदरलाइन संवाददाता १ जेष्ठ २०८०, सोमबार १३:००
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विनाविभागिय मन्त्री धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी प्रदान गरेका छन् । मास्की बैशाख १५ गते बिनाविभागिय मन्त्री बनाइएका थिए ।

गत मंसिर ४ गते भएको निर्वाचनका क्रममा मास्की नेकपा माओबादी केन्द्रबाट दाङको निर्वाचन क्षेत्र नं. ३ (२) बाट निर्वाचित भएका थिए । एउटै निर्वाचन क्षेत्र दाङ क्षेत्र नं. ३ (१) मा नेपाली काँग्रेसबाट मुख्यमन्त्री चौधरी निर्वाचित भएका थिए ।
त्यतिखेर काँग्रेस,माओबादीसहितका गठबन्धनले साझा उम्मेदवार खडा गरेका थिए भने संयुक्त रुपमा चुनवी अभियान चलाएका थिए ।

एउटै निर्वाचन क्षेत्रबाट निर्वाचन दुई नेता मुख्य मन्त्री र अर्थमन्त्री भएपछि यो निर्वाचन क्षेत्रका मतदाता अब पश्चिम दाङमा बिकासको लहर आउला कि ? भनेर आशाबादी बनेका छन् ।

मुख्यमन्त्री चौधरीले एकै दिन विनाविभागिय मन्त्रीको बनाएका मध्य बर्दियाको २ (२) मा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी र रूपन्देहीको ३ (१) मा लोकतान्त्रिक समाजबादी पार्टीबाट निर्वाचित सन्तोषकुमार पाण्डेलाई सहरी विकास मन्त्रीको जिम्मेवारी दिने तयारी गरेको स्रोतले बताएको छ ।


पर्यटन, ग्रामिण तथा सहरी बिकास मन्त्रालय मटुकारेर पाण्डेलाई अन्तिमको सहरी बिकास मन्त्रालय नामांकरण गरि जिम्मेवारी दिन थालिएको स्रोतले जानकारी दिएको छ । मंगलबारसम्म थप दुई नयाँ मन्त्री थपेर चार जनालाई जिम्मेवारी बाँडफाँड गर्ने सोचमा मुख्यमन्त्री रहेको स्रोतले जानकारी दिएको छ ।

मुख्यमन्त्री चौधरीसँगै वैशाख १५ गते तीन मन्त्रीले बिनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका थिए। आठ दल तथा एक स्वतन्त्र सांसदसमेत गरि ५३ जना सांसदको समर्थनमा वैशाख १४ गते चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले बैशाख १९ मा विश्वासको मत लिएका थिए ।

चौधरी नेतृत्वको सरकारलाई नेकपा (एमाले) र राप्रपाबाहेक प्रदेशमा क्रियाशील अन्य सबै दलहरुको समर्थन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘अत्याधुनिक टर्मिनल भवन’को निर्माण कार्य तीब्र गतिमा

१ जेष्ठ २०८०, सोमबार १३:००
नेपालगञ्ज : नेपालगञ्ज बिमानस्थल कार्यालय परिसरमा ‘अत्याधुनिक टर्मिनल भवन’ निर्माण कार्य चलिरहेको छ । बिमानस्थल कार्यालयको २० वर्षे गुरुयोजना अनुसार करिव ३ अर्ब रुपैयाँको लागतमा अत्याधुनिक टर्मिनल भवनसहित रनवे, पार्किङ एरिया लगायत पुर्वाधार निर्माण कार्य सुरु भएको हो । उक्त निर्माण कार्यका लागि ‘शर्मा एण्ड कम्पनी’ ले ठेक्का सम्झौता गरेर […]