आमा समूहलाई स्वास्थ्य प्रशिक्षण

१८ चैत्र २०७४, आईतवार १८:०४
 

सदरलाइनडटकम 
१८ चैत, नेपालगन्ज : बाँकेको खजुरागाउँपालिका वडा नम्बर ८ रनियापुर स्वास्थ्य चौकीलाई मुस्लिम समुदाय तथा अन्य समुदायका महिलाहरुलाई आमा समुहमा संगठित गरी स्वास्थ्य चेतना फैलाउने काम सुरु गरेको छ ।
दश आमा समुहका चार सय बढि महिलाहरुलाई आईतबारदेखि चैत २३ गते समेत प्रशिक्षण समेत दिन थालिएको स्वास्थ्य चौकीका इन्चार्ज भुपेश खत्रीले जानकारी दिएका छन् ।
आमा समुहमा आवद्ध भएका  महिलाहरुले आफ्नो गाउँघरमा स्वास्थ्य चेतनाका लागि ‘दुत’को काम गर्ने खत्रीले जानकारी दिए । उनले भने,—‘सरकारबाट पाउने सम्पुर्ण स्वास्थ्य सेवाका बिषयमा गाउँघरमा जानकारी दिने र त्यहाँको स्वास्थ्य समस्या हामीसम्म ल्याई पु¥याउन सहयोग होस् भन्ने उदेश्यले यसो गरिएको हो । उहाँहरुलाई थप परिपक्क बनाउनका लागि प्रशिक्षण दिन थालिएको छ ।’
आईतबार उक्त प्रशिक्षण कार्यक्रमको एक कार्यक्रमकाबीच खजुरा गाउँपालिकाका स्वास्थ्य संयोजक पुर्ण बहादुर खड्काले उद्घाटन गरे । साथै उनले आमा समुहको काम, कर्तव्य लगायत स्वास्थ्यका बिषयमा प्रशिक्षण दिएका थिए । उनले स्थानीय अवधी भाषामै महिलाहरुलाई प्रशिक्षण दिइएको बताए । बुझ्न सजिलो होस् भन्नका लागि यसो गरिएको उनले बताए । स्वास्थ्य चौकी इन्चार्ज खत्रीका अनुसार वडा कार्यालयको सहयोगमा कार्यक्रम भइरहेको छ ।

Next Post

महिला तथा बालबालिकाका हिंसाका घटनामा गम्भीर बन्न माग

१८ चैत्र २०७४, आईतवार १८:०४
सदरलाइनडटकम    १८ चैत, नेपालगन्ज : महिला तथा बालबालिकाका घटना बढ्दै गएपछि बाँकेका महिला अगुवाहरुले चिन्ता प्रकट गर्दै दोषीहरु मथि कडा कारवाही गर्न माग गरेका छन् । आईतबार नेपालगन्ज र कोहलपुरका महिला अगुवाहरुले महिला तथा बालबालिकाका माथि भएका हिंसाका घटनामा गम्भीर भएर असुन्धान गर्न र दोषीउपर कडा कारवाही गर्न माग […]