नेपालगञ्जका अनाथ बालबालिकालाई आर्थिक सहयोग

१९ जेष्ठ २०७६, आईतवार १७:४५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेस्थित मुस्लिम समुदायका अनाथ बालबालिकाहरुलाई आईतवार कपडा, खाद्यन्न र नगद सहयोग उपलब्ध गराइएको छ । कतार च्यारेटीको सहयोगमा बाँके युनेस्को क्लबले इस्लाम धर्मालम्बीहरुको महान चाड रमजान इदुलफित्र पर्व मनाउनका लागि १० जनालाई कपडा सेट, ८ जनालाई खाद्यान्न र ३ जनालाई नगद सहयोग रकम उपलब्ध गराएको हो ।
कपडा सेटमा झोला, जुत्ता, सर्ट पाइन्ट, टावेल लगायत रहेको छ भने खाद्यान्नमा २५ किलो चामल, ५ लिटर खाने तेल, ५ किलो पिठो, २ किलो सेवइ, नुन, जुस रहेको छ । नगद सहयोगमा ५ हजारदेखि साढे ६ हजारसम्मको चेक रहेको क्लबका अध्यक्ष प्रबेज अलि सिद्दिकीले बताए । कार्यक्रममा कतार च्यारेटीका संरक्षण अधिकृत जियाउल रहमान खा, क्लबका सल्लाहकार राकेश कुमार मिश्र, वित्त तथा प्रशासन प्रमुख बेद प्रसाद पंगालीले ती बालबालिकाहरुलाई सहयोग उपलब्ध गराउनु भएको थियो । पर्व मनाउन आर्थिक समस्या भएपछि आर्थिक सहयोग गरिएको क्लबले जनाएको छ ।
हिजो मात्रै ४१० जना मुस्लिम परिवारलाई खाद्यान्न वितरण गरिएको थियो । क्लबले अति विपन्न परिवारका बालबालिकालाई शिक्षा आर्जनमा सहयोग पुर्याउन शैक्षिक सामग्री, छात्रबृति, शैक्षिक किट्स, अभिभावकको आयआर्जनका लागि कतार च्यारेटीको सहकार्यमा निरन्तररुपमा सहयोग गर्दै आएको क्लबका अध्यक्ष सिद्दिकीले बताए ।

Next Post

ट्रयाक्टर पल्टिँदा दाङमा २१ घाईते

१९ जेष्ठ २०७६, आईतवार १७:४५
सदरलाइनडटकम, दाङ : कामदार बोकेको ट्रयाक्टर पल्टिँदा दाङमा २१ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आईतवार बिहान र दाङको बंगलाचुली गाउँपालिका वडा नं. ६ स्थित घोराहीबाट मुर्कुटी सडकखण्डमा काम गर्ने कामदार लैजादै गर्दा दुर्घटनामा परेको थियो । रा १ त १००६ नंम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई […]

सम्बन्धित