शिक्षा पुरस्कारका लागि अक्षयकोष

२५ भाद्र २०७५, सोमबार ०८:५५
 

दाङ, तुलसीपुर उपमहानगरपालिका–६ रजौरा निवासी भण्डारी परिवारले आफ्ना स्व बुबा तेजप्रसाद र आमा लीलादेवी भण्डारीको स्मृतिमा महेन्द्र मावि तुलसीपुरमा ‘तेजलीला’ स्मृति पुरस्कार स्थापना गरेका छन् ।

उपमहानगरपालिका–६ रजौरा स्थायी घर भई हाल काठमाडौँ निवासी पुरुषोत्तम भण्डारी र उहाँका भाइ निरणप्रसाद, अच्युतप्रसाद, भोजप्रसाद र रोहितप्रसादले महेन्द्र मावि तुलसीपुरमा ‘तेजलीला’ स्मृति पुरस्कारका लागि आइतबार रु पाँच लाखको अक्षयकोष स्थापना गरेका हुन् ।

सो कोषको रकम ब्याजबाट प्रत्येक वर्ष कक्षा ११ र १२ को वार्षिक परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने तीन÷तीन छात्रछात्रालाई पुरस्कृत गरिने सर्तमा प्रदान गरिएको अक्षयकोष संस्थापक निरणप्रसाद भण्डारीले जानकारी दिए । उक्त रकम महेन्द्र मावि विद्यालयका प्रधानाध्यापक जीतबहादुर थापालाई तुलसीपुरमा रहेको वेष्र्टन डेभलपमेन्ट बैंकमा रहेको खातामा प्रदान गरिएको छ ।


पुरुषोत्तम भण्डारी हाल सर्वोच्च अदालतमा न्यायाधीश हुनुहुन्छ भने अच्युतप्रसाद उच्च अदालत पाटनमा न्यायाधीश हुन् ।

रासस

Next Post

कम्युनिष्ट अधिनायकवादबिरुद्ध एकढिक्का हुन आवश्यक छ : देउवा

२५ भाद्र २०७५, सोमबार ०८:५५
सदरलाइनडटकम नेपालगन्ज :  नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा कम्युनिष्ट अधिनायकवादको विरुद्ध पार्टी एक ढिक्का हुनु पर्ने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस बाँकेले १०५ औ विपी स्मृति दिवसको अवसर पारेर सोमबार नेपालगन्जमा आयोजना गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले बर्तमान […]