सदरलाइनडटकम,
दाङ : कामदार बोकेको ट्रयाक्टर पल्टिँदा दाङमा २१ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आईतवार बिहान र दाङको बंगलाचुली गाउँपालिका वडा नं. ६ स्थित घोराहीबाट मुर्कुटी सडकखण्डमा काम गर्ने कामदार लैजादै गर्दा दुर्घटनामा परेको थियो ।
रा १ त १००६ नंम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई सडकमै पल्टिँदा त्यसमा सवार २२ जनामध्ये चालकसहित २१ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहले बताए । घाईतेहरु मध्ये तीन जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ भने दुई जना डिस्चार्ज भईसकेका छन् ।
अन्य १६ जनाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । घाईतेमध्ये एक जना गम्भीर, १६ जना सामान्य र ४ जनाको अवस्था मध्यम रहेको अस्पताल स्रोतले बताएको छ । गम्भीर घाईते हुनेमा सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं. ४ निवासी १९ बर्षीय राजेश बिक रहेका छन् ।
Next Post
बर्दियाको बारबर्दिया नगरपालिकामा सिकलसेल बिरुद्धको अभियान
१९ जेष्ठ २०७६, आईतवार १७:५२
सम्बन्धित
-
२६ माघ २०७५, शनिबार १७:११
जनमतको आयोजनामा ६७ जनाद्वारा रक्तदान
-
१ जेष्ठ २०८०, सोमबार १२:४१
मानव सेवा आश्रमका लागि मुठ्ठीदान अभियान
-
३० भाद्र २०७६, सोमबार १६:३८
‘फगिङ’ स्वास्थ्यका लागि ‘घातक’, प्रयोग नगर्न आग्रह
-
१९ बैशाख २०७९, सोमबार १४:२८
एमाले कोहलपुरद्वारा आयोजित उम्मेदवार परिचय कार्यक्रम सम्पन्न
-
२५ माघ २०७६, शनिबार १८:४२
पौडी खेल्न गएका बाँकेमा एकजना वेपत्ता
-
९ फाल्गुन २०७८, सोमबार १५:३४
त्रिभुवनको शालीक राखिएकोप्रती सत्तागठबन्धनले गम्भीर आपती जनाउँदै प्रशासनलाई ज्ञापनपत्र