न्यायको माग

१९ चैत्र २०७४, सोमबार १८:३५
 

सदरलाइनडटकम
१९ चैत, नेपालगन्ज : नेपालगन्ज—६ फुल्टेक्रा बाँकेका मोहम्मद जाबिर खानले आफुलाई उच्च सेनाका केही अधिकारीहरुले दुःख दिएर सेनाबाट राजिनामा गराएको आरोप लगाएका छन् । नेपाली सेनाका प्युठ  श्री नं. ४ बाहिनी अडडामा कार्यरत भएका बेला उत्तध्m बाहिनीका अधिकारीहरुले आफु माथि दुब्र्यवहार गर्नुका साथै दुःख दिएर राजिनामा गर्न लगाएको भन्दै उनले ‘न्यायका लागि’ सेनाको कानुन बिभाग र राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जमा उजुरी दर्ता गरेका छन् ।
सेनामा जागिर खाने आफ्नो इच्छा हुंदा हुदै निरन्तर दुःख दिएपछि जागिर छाड्नुपरेको भन्दै उनले न्यायको लागि अपिल गरेका छन् ।

Next Post

त्रिभुवन विश्वविद्यालय धुम्रपान निषेधित क्षेत्र बन्दै

१९ चैत्र २०७४, सोमबार १८:३५
सदरलाइनडटकम १९ चैत, नेपालगन्ज :  विश्वविद्यालयले केन्द्रिय कार्यालय, महाशाखा, विभाग, अध्ययन संस्थान, डिन कार्यालय, आङ्गिक क्याम्पस र मातहतका सम्पूर्ण निकायहरु समेतमा धुम्रपान निषेधित क्षेत्र तोक्न परिपत्र गरेको छ । त्रिवि सामान्य प्रशासन महाशाखाको च.नं. २४१ मिति २०७४ चैत्र १६ गतेको पत्रद्धारा सो व्यवस्थाका लागि सबै निकायहरुमा निर्देशन गरिएको हो । […]