नेपालगञ्जको विकासका लागि मन्त्री राईलाई डेलिगेशन

२२ बैशाख २०७६, आईतवार १८:२०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आगामी आर्थिकबर्ष २०७६/७७ को वजेटको तयारी भईरहँदा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ को टोली बजेटमा बढिभन्दा बढि योजना पार्न डेलिगेशनका लागि राजधानीमा रहेको छ । वडा अध्यक्ष प्रमोद रिजालको नेतृत्वमा रहेको टोलीले आईतवार शहरी विकासमन्त्री मो. इस्तियाक राईलाई मन्त्री निवासमै भेटेर आगामी आर्थिक वर्षमा वजेटमा समावेश गरिदिन विभिन्न योजनाहरु बुझाएको छ ।
सडक, खेल मैदान, दोहोरो नाली निकास लगायतका योजना माग गरिएको वडा अध्यक्ष रिजालले बताए । दोन्द्रा नालाको वरिपरि पक्कि तटबन्धसहितको निकासका लागि मन्त्री राईलाई प्राथमिकता दिएर योजना माग गरिएको छ । दोन्द्रानालाको समस्या धम्बोझीबासी मात्रै नभएर नेपालगञ्ज उपमहानगरपालिकाकै समस्या भएकाले वजेटमा समावेश हुनेमा ढुक्क भएको रिजालले बताए ।
यसैगरी टोलहरुमा साना सडक कालोपत्रेको माग गरिएको छ । टोलीमा धम्बोझीका अगुवा तथा नेकपाका नेता निरक गुरुङ, धम्बोझी क्लबका अध्यक्ष देवेन्द्र खड्का, वडा सदस्य डम्बर थापा लगायत सहभागी छन् । टोलीले युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्मा समक्ष प्रशिक्षण केन्द्र र ब्याडमिण्टन एकेडेमीलगायतका मागपत्र बुझाउने भएको छ । टोलीले साझा यातायातसँगै अन्य मन्त्रीहरुसँग समेत भेटघाटको तयारी गरिरहेको जनाएको छ ।

Next Post

व्यापारीद्वारा धनगढीमा पत्रकार कुटिए

२२ बैशाख २०७६, आईतवार १८:२०
सदरलाइनडटकम, धनगढी : धनगढीमा स्थानीय एक व्यापारीबाट पत्रकार कुटिएका छन् । दिनेश एफएमका सम्बाददाता जनक विष्टलाई व्यापारी तेजेन्द्र थापाले कुटपिट गरेका हुन् । त्रिनगर माध्यमिक विद्यालयको सटर भाडामा दिएको सम्बन्धमा रिपोर्टिङ गर्न गएका विष्टलाई व्यापारीले कुटपिट गरेका हुन् । समाचार संकलनको क्रममा थापाले एकाएक कुटपिट गरेको बताइएको छ । विद्यालयका […]