ड्युटीमा खटिएका प्रहरी हबल्दारको हुम्लामा मृत्यु

२१ बैशाख २०७६, शनिबार १५:३१
 

सदरलाइनडटकम,
हुम्ला : जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत एक प्रहरीको हृदयाघातका कारण शनिवार बिहान मृत्यु भएको छ । दैलेख जिल्ला नारायण नगरिपालिका १ निवासी ३२ वर्षीय प्रहरी हवल्दार चन्द्रबहादुर खड्काको मृत्यु भएको हो ।
प्रहरी हवल्दार खड्का बिहान साढे ९ बजे जिल्ला प्रहरी कार्यालयमै ड्युटीमा खटिएको समयमा एक्कासी बिरामी भएपछि उपचारका लागि जिल्ला अस्पताल हुम्ला लग्ने क्रममा बीचबाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । मृतक खड्का हृदयाघातकै कारणले मृत्यु भएको हुनसक्ने जिल्ला अस्पताल कार्यलय स्रोतले जानकारी गराएको छ ।
मृतक हवल्दार खड्का यसअघि पनि मुटु र प्रेसरको बिरामी भइरहने गरेका कारण नियमित औषधि प्रयोग गरिरहेको समेत जिल्ला प्रहरी कार्यालय जनाएको छ । दैलेखको नारायण नगरपालिका–१ घर भई हाल हुम्ला जिल्ला प्रहरी कार्यलयमा प्रहरी जवान भएर ११ महिना बिताएका खड्का भर्खरै प्रहरी जवानबाट प्रहरी हवल्दार पदमा बढुवा भएका थिए ।
मृतक खड्कको शव प्रहरी केन्द्रीय कार्यालयको पहलमा र जिल्ला प्रहरी कार्यालय हुम्लाको समन्वयमा मृतककै गृह जिल्ला दैलेख नारायण नगरपालिकामा हेलिकोप्टरद्वारा लग्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक घर्तीमगरले बताए ।

Next Post

बाँकेको ईगाउँमा क्रिकेट स्टेडियमको माग

२१ बैशाख २०७६, शनिबार १५:३१
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाका वडा नम्बर ४ ईगाउँमा १४ बर्षदेखि शहीद सेतु विक स्मृति क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएको छ । पछिल्लो संस्करणको उद्घाटनमा शनिवार क्रिकेट स्डेडियमको माग उठेको छ । स्थानीय न्यू दर्पण युवा क्लबले शहीद विकको जन्मस्थानमा २०६३ सालदेखि क्रिकेट प्रतियोगिताको शुरुवत गरेको हो । […]

सम्बन्धित