कतार च्यारिटीद्वारा विपन्न बालबालिकालाई छात्रबृत्ति

१९ बैशाख २०७६, बिहीबार १८:५०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका अति विपन्न, अनाथ, असहाय र अशक्त बालबालिका, शिक्षक र अभिभावकलाई कतार च्यारेटीले छात्रबृत्ति वापतको ८ लाख रुपैयाँ वितरण गरेको छ । कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके युनेस्का क्लबले जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, डुडवा र जानकी गाउँपालिकाका ४७ जनालाई सो छात्रबृत्ति गत बर्ष प्रदान गरेको थियो ।
सोही छात्रबृत्तिको तीन महिनाको रकम करीब ८ लाख रुपैयाँ विहीवार ती बालबालिका, शिक्षक र अभिभावकललाई चेक हस्तान्तरण गरेर वितरण गरिएको छ । नेपालगञ्जमा आयोजित एक समारोहमा बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान, सल्लाहकार राकेश मिश्र, कतार च्यारेटीका सामाजिक सुरक्षा अधिकृत जियाउर रहमान खान तथा क्लबका वित्त तथा प्रशासन प्रमुख वेद प्रकाश पंगालीले विद्यार्थी, अभिभावक र शिक्षकलाई चेक हस्तान्तरण गरे ।
अतिविपन्न, असहाय र अशक्त परिवारका बालबालिकाको शिक्षालाई निरन्तरता दिन बाँकेको विभिन्न मदरसा र विद्यालयमा अध्ययनरत ३२ जना अनाथ बालबालिका, ६ जना अशक्त बालबालिका, एक परिवार, ३ जना शिक्षक र ५ जना अन्य विद्यार्थिलाई सहयोग स्वरुप रकम वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताए । उनले कतार च्यारेटीकै आर्थिक सहयोगमा यहाँका गरिब र विपन्न विभिन्न परिवारलाई खाद्यान्न सहयोगदेखि खानेपानीको धारा समेत सहयोग गरिएको जनाए ।
छात्रबृत्ति प्रदान गरिएका बालबालिकालाई तीन महिनाका लागि जनही १५ हजारदेखि ३२ हजारसम्मको चेक हस्तान्तरण गरिएको थियो । सो अवसरमा बोल्दै कतार च्यारेटीका सामाजिक सुरक्षा अधिकृत जियाउर रहमान खानले कतार च्यारेटीले अति विपन्न अनाथ र असहायहरुलाई शिक्षा र जिविकोपार्जनका लागि सहयोग गर्दै आएको बताए ।
सो अवसरमा सहयोग पाउनेहरुले यो सहयोगबाट आफुहरु निकै खुशी भएको जनाउँदै यसबाट आफ्ना बालबालिकाको पठनपाठनमा ठुलो सहयोग पुग्ने बताएका छन् । ३ जना छोराछोरीका लागि आर्थिक सहयोग पाउने डुडुवा विर्ताकी रुबी खानले आफ्नो आर्थिक अवस्था निकै दयनीय भएको जनाउँदै यो सहयोगबाट ठुलो राहात पुगेको बताइन् । उनले यसबाट आफ्ना छोराछोरीको पढाइमा ठुलो सहयोग पुग्ने जनाइन् ।
यस्तै जयसपुरका अब्दुल मजिदले पनि यो सहयोगले आफुलाई धेरै टेवा दिने जनाउँदै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । सोही प्रकारले नेपालगन्ज–१३ की फातिमा शेखले आफुले पाएको सहयोगबाट बालबालिकाको शिक्षामा राम्रो सहयोग पुगेको बताएकी छन् । कतार च्यारेटीले देशका विभिन्न स्थानमा विपन्न, अनाथ, असहाय र अशक्त बालबालिकालाई विभिन्न प्रकारका सहयोग गर्दै आएको छ ।

Next Post

खोप सुनिश्चितताको लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारीलाई अनुशिक्षण

१९ बैशाख २०७६, बिहीबार १८:५०
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा पूर्ण खोप सुनिश्चितता र दिगोपनाको लागि सबै पालिकाका प्रमुख, उप–प्रमुख, प्रशाशकिय अधिकृत र स्वास्थ्य संयोजकहरुलाई एक दिने अनुशिक्षण गरिएको छ । परिवार स्वास्थ्य महाशाखा बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले स्थानीय सरकारले खोप तथा स्वास्थ्यको विषयलाई विकासको मुद्दा बनाउदै सबै पालिकामा […]

सम्बन्धित